कार्यालय सहयोगी मार्फत भन्सार हाकिमको सेटिंग

  • पुस १७, २०८० | ६०३ पटक पढिएको | सीमा संदेश
alt

भन्सार कार्यालय जनकपुरधामका कार्यालय प्रमुख राजेन्द्र बस्नेत विभिन्न भन्सार कार्यालयहरुमा कमिसन व्यवस्थापन गर्न कार्यालय सहयोगीहरुलाई प्रयोग गर्दै आएका छन् । कार्यालय प्रमुख बस्नेतले भन्सार कार्यालय जटही र विभिन्न छोटी भन्सार कार्यालयहरुमा कार्यालय सहयोगीबाट कमिसन उठाउने गरेका छन् ।

स्रोतका अनुसार जटही भन्सार कर्यालयमा पनि दुईवटा कार्यालय सहयोगीलाई कमिसन व्यवस्थापन गर्नका लागि राखेका छन् । जटही भन्सार कार्यालयमा कार्यरत्त कार्यालय सहयोगी गंगा पासवान र वैद्यनाथलाल कर्णको माध्यमबाट उनी कमिसन व्यवस्थापन गर्दै आएका छन् । दुवै कार्यालय सहयोगीको सरुवा भएको एक महिना भन्दा बढी सक्दा पनि दुवैलाई कार्यालय प्रमुख बस्नेतले कही जानु नपर्ने भन्दै दुबैलाई न त रवाना दिएका छन् न त दुबैले रवाना लिएका छन् ।

सरकारी कर्मचारीको सरुवा नियमित प्रक्रिया भए पनि दुबैजना वर्षौदेखि जटही भन्सार कार्यालयमै कार्यरत रहेका छन् । दुबैले कमिसन उठाएर कार्यालय प्रमुखलाई महिनै पिच्छे बुझाउने गरेका कारण दुबै कार्यालय सहयोगी कुनै पनि कार्यालय प्रमुख आए त्यहाँबाट टसमस नहुने गरेको नगराइन नगरपालिका–२ का एक स्थानीयले बताए । दुवै कार्यालय सहयोगी बर्षौ देखि जटही भन्सारमै कार्यरत रहेका छन् । कार्यालय सहयोगी वैद्यनाथलाल कर्ण भन्सार कार्यालयमै भारु नेपालीको कारोबार समेत चलाएका छन् । उनी त्यहाँ अवैध सटही काउण्ट खोलेर बसेका छन् । एक हजार भारु १५ सय नेपालीमा लिएर साटने गरेका स्थानीयबासीको कथन छ ।

त्यसको कमिसन समेत कार्यालय प्रमुखलाई बुझाउने गरेका छन् । भन्सार बुझाउनका लागि भन्सार कार्यालयमै सवार ीसाधन लिएर आउनुपर्ने हुन्छ तर, नेपालको कुनै कुनामा भए पनि जटही भन्सार कार्यालयबाट भन्सार काटेर ह्वाट्सएपको माध्ययमले कार्यालय सहयोगी कर्ण र पासवन पठाइदिने गरेका छन्।

स्रोतका अनुसार कार्यालय प्रमुख बस्नेतलाई यी सवैकुरा राम्ररी थाहा छ र यिनीहरुले गर्ने यस्ता यस्ता कार्यबाट आउने रकमको अधिकांश भाग कार्यालय प्रमुखले पनि बुझ्ने गरेका कारण दुबैको सरुवा भए पनि दुवैजनालाई रवाना दिएका छैनन् । कार्यालय प्रमुख बस्नेतले कर्मचारी नआएका कारण उनीहरु त्यहाँबाट नगएको बताए ।

आन्तरिक व्यवस्थापन हुँदैछ उनले भने–‘कसैले रवाना लिन आए आपूmले दिन तयार छौं तर नआएका कारण दिएका छैननौं ।’ यता, कार्यालय सहयोगी गंगा पासवानले पनि व्यवस्थापन भएपछि आपूm जाने बताए । आफ्नो घर जलेश्वर मै रहेका कारण जलेश्वर सरुवा गराएको बताए । अर्का कार्यालय सहयोगी वैद्यनाथलाल कर्णको सरुवा विराटनगर भएको छ उनी पनि घरायसी समस्या मिलाइ रहेको बताए । तर, कहिले जाने भन्ने विषयमा केही भनेन् ।

नेपाल भारतबीच नेपालमा भारतीय सवारी साधन आयो भने पहिलो सदरमुकामसम्म र भारत जाँदा पहिलो रेल्वे स्टेशनसम्म छुट पुर्जीले जानसक्ने प्रावधान छ । तर, जटही नाका भएर आउने अधिकांश धार्मिक पर्यटक हुन्छ । जनकपुरधामसम्म आउने भारतीय सवारी साधनलाई भन्सार कटाउन दुबैले दबाब दिने तर, केही पैसा दिए छुट पुर्जी मात्र दिने गरेका छन् ।

छुट पुर्जी पनि निःशुल्क छन् तर २० रुपैयाँ भारु दस्तुर रहेको भन्दै दुई तीन सय भारु सम्म लिने गरेका छन् । भन्सार स्रोतका अनुसार भारतीयहरुलाई उनीहरुले ‘मुर्गा’ भनेर सम्वोधन गर्ने गरेका छन् । जस्तो मुर्गा आयो त्यस्तो पैसा असुल गर्ने गरेका स्थानीयबासीको आरोप छ । भन्सारमा लगाइएको ढाट राति १० बजे बन्द हुने र विहान ६ बजे खोल्नुपर्ने हुन्छ । तर, पैसा दिए उनी कुनै पनि समयमा ढाट खोल्ने गरेका छन् ।

दुई सय रुपैयाँमा राति १२ बजेमा समेत ढाट खोलेर पठाउने गरेका छन् । मान्छेको पहिचान होस नहोस, सुरक्षा संवेदनशीलता लगायत कुनै पनि प्रोटोकल दुबै कार्यालय सहयोगीका लागि सरोकार राख्दैन् । पैसा भएपछि भन्सार कार्यालय २४ औं घण्टा खुला छ । कार्यालय प्रमुख बस्नेत पनि यी कुनै कुरा संग केही सरोकार राखेका छैनन् उनीहरुले कमाउने पैसाबाट कमिसन आउँदै छ सरुवा भए पनि रोकेर राख्नुपर्ने मानसिकतामा देखिएका छन् ।

मिर्चैयाबाट भरुवा कन्दुक बरामद

सिरहा प्रहरीले मिर्चैयाको जङ्गलक्षेत्रबाट वेवारीसे अवस् ...

सशस्त्र प्रहरीमा खुल्यो ठूलो संख्यामा भर्ना

सशस्त्र प्रहरीले ठूलो संख्यामा नयाँ जनशक्ति भर्ना खोलेक ...

आमा सुरक्षा कार्यक्रमको धज्जी उडाइयो

प्रत्येक नागरिकको स्वास्थ्य सेवामा सामान पहुँच र निशुल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब