जनकपुरधाममा एकै दिन आए १० हजारभन्दा बढी भारतीय पर्यटक

  • पुस १७, २०८० | ६७४ पटक पढिएको | सीमा संदेश
alt

अंग्रेजी नयाँ वर्ष सन् २०२४ को पहिलो दिन जनकपुरधाममा १० हजारभन्दा बढी भारतीय पर्यटक भित्र्एिका छन् । धनुषा र महोत्तरीका विभिन्न नाकाबाट एकैदिन १० हजार पर्यटक भित्र्एिका छन् ।

पर्यटकको आगमन बढेसँगै जनकपुरधामको चहलपहल बढेको छ । भारतको बिहार राज्यबाट जटही नाका भएर सोमबार ५ बजेसम्म ८७६ जिप/कार, मोटरसाइकल र भिठ्ठामोड नाकाबाट ६५६ जिप/कार, मोटरसाइकल जनकपुरधाम भित्र्एिका छन् ।

यसबाट जटही र जनकपुरधाम भन्सार कार्यालयले १७ लाख ६ हजार ५ सय २६ राजस्व उठाएको सम्बन्धित कार्यालयका कर्मचारीहरूले जानकारी दिएका छन् ।

भारतको बिहार, दक्षिण भारत, राजस्थान, गुजरात, महाराष्ट्र, हरियाणा, दिल्ली, पञ्चाब, उत्तर प्रदेश, उत्तराखण्डलगायतबाट पर्यटकहरू आएका छन् । पर्यटकलाई लक्षित गर्दै केही होटलहरूले सांस्कृतिक कार्यक्रमको आयोजना गरेका छन् ।

पर्यटकको संख्या बढेसँगै जनकपुरधाममा सवारीसाधन पार्किङको चाप बढेको छ भने जानकी मन्दिरलगायतका मठ– मन्दिरहरूमा चहलपहल बढेको छ । पर्यटकको आगमनसँगै होटल व्यवसायको चाप २५ प्रतिशतले बढेको व्यवसायीहरुको भनाइ छ ।

सिरहामा राष्ट्रिय परिचयपत्र बनाउनै सास्ती

 राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय ...

अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा ६ जना कर्मचार

गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजको मूल गेटबाहिर एक ...

युएईविरुद्ध आसिफको शतक

एसीसी प्रिमियर कपको फाइनल खेलमा आसिफ शेखले शतक बनाएका छ ...

भदौ २७ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र २७ गते । शनिबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब