मधेश प्रदेशमा माघ ३ गते स्वाभिमान दिवस र ५ गते बलिदानी दिवस मनाइने, एक दिन विदा

  • पुस २७, २०८० | ५३५ पटक पढिएको | सीमा संदेश
alt

 मधेश प्रदेश सरकारले माघ ३ गते ‘स्वाभिमान दिवस’ मनाउने निर्णय गरेको छ ।

देश संघीय संरचनामा गएपछि राखिएको सांकेतिक नाम ‘प्रदेश नम्बर २’लाई प्रदेशसभाले ०७८ माघ ३ मा मधेश प्रदेश र राजधानी जनकपुरधाम पारित भएको थियो । यो दिन ऐतिहासिक रहेको भन्दै प्रदेश सरकारले ‘स्वाभिमान दिवस’मनाउने निर्णय गरेको छ ।

गृहसञ्चार तथा कानून मन्त्री एवम् सरकारका प्रवक्ता मोहम्मद समिमले बिहिवार बसेको मन्त्रिपरिषद्को बैठकले माघ ३ लाई ‘स्वाभिमान दिवस’को रुपमा मनाउने निर्णय गरेको जानकारी दिए ।

उनले भने, ‘माघ ३ कै दिन प्रदेशले पहिचानसहितको नाम मधेश र राजधानी पनि जनकपुरधाम पायो । यो ऐतिहासिक दिन हो । त्यसैले अबदेखि त्यस दिनलाई स्वाभिमान दिवसको रुपमा मनाउने निर्णय गरेका छौं ।’उनले सार्वजनिक बिदा भने नदिने बताए ।

उनले माघ ३ मा स्वाभिमान दिवसु मनाउन सबै पालिका र मातहतका कार्यालयहरुमा पत्राचार गर्ने बताए । उनले भने, ‘हामी मन्त्रालय अगाडी दिप बाल्छौं । दिपावली मनाउँछौं । सबैले आफ्नो गाउँठाउँमा दिपावली गर्नुहुन्छ ।’

माघ ३ मा ‘स्वाभिमान दिवस’ मनाउन पर्सा ३ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य प्रमोद जयसवालले मुख्यमन्त्रीको अनुरोध गरेका थिए ।

यस्तै मधेश आन्दोलनको प्रथम सहिद रमेश महतोको सम्झनामा माघ ५ मा बीरगञ्जमा ‘बलिदानी दिवस’मनाउने निर्णय पनि प्रदेश सरकारले गरेको छ ।

प्रत्येक बर्ष माघ ५ गते मनाईने बलिदानी दिवसको अवसरमा मधेश प्रदेश सरकारले प्रदेशभरि सार्वजनिक विदा दिने गरेको छ । माघ ५ गते एक दिन सार्वजनिक विदा रहने भएको छ । 

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब