चोरीको गाडीसहित दुई जना पक्राउ, गिरोहको खोजी हुँदै

  • माघ १, २०८० | ५२१ पटक पढिएको | सीमा संदेश
alt

चोरीका चारवटा चार पांग्रे गाडीसहित धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा महोत्तरी जिल्ला जलेश्वर नगरपालिका ३ मलवारा बस्ने ६० वर्षिय मोख्तार अनसारी र सोही जिल्लाको लोहारपट्टी नगरपालिका ६ बस्ने ४० वर्षिय जमजम भन्ने अन्सारुल कवारी रहेको र गाडीको कागजात बनाउने एक जना फरार रहेको जिप्रका धनुषाले जनाएको छ ।

भन्सार चोरी निकासीका गाडीहरु भारतबाट नेपालमा ल्याई नेपाली नम्बर प्लेट राखि नेपालमा चलाई रहेको भन्ने गोप्य सूचनाको प्रहरीको विशेष टोलले जनकपुरधामबाट गाडी नियन्त्रण लिई तिनीहरुलाई पक्राउ गरिएको जिप्रका धनुषाका प्रमुख एसपी मित्रबन्धु शर्माले बताए ।
सवारी धनी र सवारी दर्ता किताबको विवरण अनुसार चेकजाँच गर्दा यातायात व्यवस्था कार्यालय जनकपुरधाम र नारायणीमा लेखापढी भएपनि ती कार्यालयहरुमा त्यसको रेकर्ड फेला नपरेको जानकारी दिदैं ती गाडीहरु माइक्रो बस र पिकअप गाडीको नाममा दर्ता उल्लेख भएको कारण ती गाडी भारतबाट चोरी गरी ल्याइएको अनुसन्धानमा खुलेको उनले बताए ।

नियन्त्रणा लिइएका गाडीहरुमा प्रदेश-२-०३-००१ च. ११४० (Creata, white), प्रदेश-२-०३.००१ ०११० (Vitara Breeza, white), प्रदेश-२-०३-००१ च ५४८७ (Vitara Breeza, Silver), प्रदेश-२.०३- ००१ च १७३९ (Scorpio White) रहेको छ ।

यसका साथै उनले लागू औषध तथा दुव्र्यसन नियन्त्रण गर्ने अभियान अन्तर्गत जटही भन्सार नाकाबाट विभिन्न मितिमा ७२ जनालाई नियन्त्रणमा लिइएका जानकारी दिए ।

प्रहरीले जटही बोर्डरबाट पुस १८ गते ३७ जनालाई र पुस २८ गते ४५ जना गरी ७२ जना युवालाई नियन्त्रणमा लिइएको जानकारी दिदैं उनले नियन्त्रणमा लिइएका मध्ये पहिलो चरणको ३७ जनालाई दुव्र्यसनबाट हुने क्षति बारे प्रशिक्षण क्लास दिई छाडिएको बताए ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब