नापी भएर दर्ता रोक्का भएका छुट जग्गा पुनः दर्ता हुने

  • माघ ५, २०८० | २५३ पटक पढिएको | सीमा संदेश
alt

सरकारले रोकेको छुट जग्गा दर्ताको प्रकृया फेरि सुरु हुने भएको छ ।

छुट जग्गा दर्ता रोक्का गरेपछि सयौं निवेदनहरु मालपोत कार्यालयमा थन्किएको छ । नयाँ निवेदन दिन पनि सयौं मानिसहरु कुरिरहेका छन् । भोगचलन गरिरहेका तर दर्ता हुन नसकेका जग्गाको छुट दर्ताका लागि सरकारले फेरि मौका दिने भएको छ ।

सोमबारको मन्त्रिपरिषद् बैठकले छुट जग्गा दर्ता गर्न चाहनेका लागि दुई वर्षभित्र आवेदन दिन सूचना प्रकाशित गर्न स्विकृती दिने निर्णय गरेको छ ।

 ‘नाप नक्सा भएको जग्गा दर्ता गर्न छुट भएमा त्यस्तो जग्गा दर्ता गर्न चाहने सम्बन्धित जग्गावालाले सम्बन्धित मालपोत कार्यालयमा निवेदन दिने म्याद यो सूचना प्रकाशित भएको मितिले दुई वर्ष र कार्यालयमा यसअघि नै निवेदन गरी फछ्र्यौट हुन बाँकी पुराना प्रतिवेदनहरु फछ्यौंट गर्ने म्याद यो सूचना प्रकाशन भएको मितिले दुई वर्ष हुने गरी तोकिएको छ ’ पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनिन्, यसबाट जग्गा भोगचलनमा रहे पनि दर्ता हुन छुट भएकाहरु लाभान्वित हुनेछन् ।

सरकारले सूचना प्रकाशन गर्न स्वीकृती दिइसकेकाले अब चाँडै नै राजपत्रमा सूचना प्रकाशन भईं कार्यान्वयनको प्रकृयामा जाने मन्त्री शर्माले बताइन् । मालपोत नियमावली, २०३६ को नियम ४ (क) मा ‘दर्ता गर्नसम्म छुट भएका जग्गा दर्ता गर्नुपर्ने’ व्यवस्था छ । उक्त नियममा नापनक्सा भएको तर दर्ता गर्नमात्रै छुट भएको जग्गा दर्ता गर्न पाउने व्यवस्था छ ।

जग्गाको भोगचलनगर्दै आइरहेको तर नाममा दर्ता नभएका जग्गाधनीहरुले प्रमाण सहितको निवेदन दिए त्यसको आवश्यक छानबिन गरी मालपोत कार्यालयले जग्गा दर्ता गर्ने प्रकृया रहेको छ ।

विगतमा पनि छुट जग्गा दर्ता हुने गरे पनि झण्डै १० वर्ष पूर्व रोकेको थियो । सरकारले जग्गा दर्ता खुल्ला गरेपछि अनियमितता हुन सक्ने आशंका पनि गर्न थालिएको छ । 

खास गरी गुठी संस्थान र मठमन्दिरहरुको जग्गा छुटको नाममा व्यक्तीहरुले प्रमाण जुटाएर दर्ता गराउने संभावना बढेको बताइन्छ । वन क्षेत्रमा लामो समयदेखि बसोबासगर्दै आए पनि जग्गा दर्ता गराउन असफल रहेका हजारौ मानिसहरुले वनको सहमतिमा जग्गा धनी प्रमाण पुर्जा पाउने भएको बताइन्छ ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब