छोरी बलात्कार र छोरा हत्या आरोपमा बाबु पक्राउ

  • माघ ५, २०८० | ४७४ पटक पढिएको | सीमा संदेश

पञ्चपुरी नगरपालिका– ६ कुवापानीका १८ वर्षीय छोरा भरत बुढाको हत्या आरोपमा उनकै बाबु ४५ वर्षीय नयाँराम बुढा पक्राउ परेका छन् । बुढालाई कैलाली टीकापुर नगरपालिका– १ लम्कीपुरबाट प्रहरीले पक्राउ गरेको हो । बुढा बिहीबार बिहान १० बजे लम्कीपुरबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले बताए ।

कर्णाली प्रदेश प्रहरी कार्यालयबाट प्रहरी वरिष्ठ नायब निरीक्षक नारायण शर्मा, प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदी, इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी प्रमुखको टोली टीकापुर गएको थियो । मोबाइल लोकेसनका आधारमा टीकापुर पुगेको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

नयाँराममाथि छोरी बलात्कार र छोराको हत्या गरेको आरोप लागेको छ । बुढाले २ माघमा छोरा भरतको बन्चरो प्रहार गरी हत्या गरेको आरोप छ । बहिनीलाई बलात्कार गरेको आरोपमा दाजु भरतले बुबा नयाँरामविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । सोही कारण उनको हत्या भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । 

ब्यारेजदेखि इटहरीसम्म कफ्र्यु

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई ...

बुवा र छोराको मिलेमतोमा अनियमितता !

सिरहाको सुखीपुर नगरपालिका अन्तर्गत रहेको नगर अस्पतालका ...

आज गुरु पूर्णिमा र व्यास जयन्ती: गुरुप्रति सम्मान

आषाढ शुक्ल पूर्णिमाका दिन आज देशभर गायत्री, दीक्षा, वेद ...

भरियो अख्तियारको हिरासत

घुससहित पक्राउ परेका कर्मचारीले अख्तियार दुरुपयोग अनुसन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब