२ करोड नगदसहित अग्रवाल पक्राउ

  • माघ ५, २०८० | ४१६ पटक पढिएको | सीमा संदेश
alt

हुण्डी र क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा नरेश अग्रवालसहित ३ जना पक्राउ परेका छन्।

अग्रवाललाई काठमाडौंको क्षेत्रपाटी र अन्य दुई जनालाई न्युरोड लगायतका क्षेत्रबाट राजस्व अनुसन्धान विभागबाट खटिएको टोलीले बिहीबार पक्राउ गरेको हो।

विभागका महानिर्देशक  नवराज ढुंगानाका अनुसार अग्रवालको समूहले हुण्डी र क्रिप्टो करेन्सीको कारोबार गर्दै आएको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।

उनीहरुको साथबाट २ करोड भन्दा बढी नेपाली रूपैयाँ र तीन हजार अमेरिकी डलर बरामद भएको महानिर्देशक ढुंगानाले जानकारी दिए।

नरेश अग्रवाल क्षेत्रपाटीमा कपडा पसल चलाउँदै आएका थिए। उनी सुनको अवैध कारोबारमा समेत संलग्न रहेको आशंका रहेको महानिर्देशक ढुंगानाले बताएका छन्।

‘क्रिप्टो र हुण्डीको कारोबार गर्थे भन्ने सूचना नै आएको हो। जुन क्षेत्रमा सुनको अवैध कारोबार भएको भनेर सूचना आउँछ त्यहाँ उनको कपडा पसल छ। अवैध सुनको कारोबारमा पनि उनको संलग्नता रहन सक्ने शंका छ,’ उनले भने।

बिहीबार पक्राउ परेका बाँकी दुई जनाको भने परिचय खुलाएको छैन। उनीहरूको संलग्नताबारे अनुसन्धान भइरहेको महानिर्देशक ढुंगानाले जानकारी दिए।

पक्राउ परेका अग्रवालमाथि आजबाट थप अनुसन्धान अगाडि बढाइने ढुंगानाले जानकारी दिएका छन्।

ब्यारेजदेखि इटहरीसम्म कफ्र्यु

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई ...

बुवा र छोराको मिलेमतोमा अनियमितता !

सिरहाको सुखीपुर नगरपालिका अन्तर्गत रहेको नगर अस्पतालका ...

आज गुरु पूर्णिमा र व्यास जयन्ती: गुरुप्रति सम्मान

आषाढ शुक्ल पूर्णिमाका दिन आज देशभर गायत्री, दीक्षा, वेद ...

भरियो अख्तियारको हिरासत

घुससहित पक्राउ परेका कर्मचारीले अख्तियार दुरुपयोग अनुसन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब