बलिदानी दिवसमा ‘मधेस गान’ सार्वजनिक

  • माघ ५, २०८० | ३९५ पटक पढिएको | सीमा संदेश
alt

वीरगन्ज ।

मधेस है अपनी आनबान,

जीवनधारा है मधेस,

मधेस मे बस्ती जान हमारी,

प्राण से प्यारा मधेस,

मधेस हमारा जिने का मक्सद,

रगरग बसा मधेस, मधेस है अस्तित्व हमारा, धर्मा–कर्मा मधेस । जय मधेस, जय मधेस......

यो गीत शुक्रबार मधेस प्रदेश सरकारले आयोजना गरेको बलिदानी दिवसका अवसरमा सार्वजनिक गरिएको छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव प्रमुख अतिथि रहेको छैटौँ बलिदानी दिवस कार्यक्रममा ‘मधेस गान’ भन्दै यो गीत सार्वजनिक गरिएको हो । राम भरोस कापडीद्वारा लेखिएको यो गीतमा स्वर दिएका छन्– भारतीय गायक उदितनारायण झाले ।

बलिदानी दिवसको अवसर पारेर यसलाई ‘मधेस गान’को रुपमा सार्वजनिक गरिएपछि विभिन्न अड्कलबाजी सुरु भएका छन् । कतिपयले यसलाई मधेस गानको रुपमा लिइरहेका छन् भने कतिपयले राष्ट्र गानजस्तै भोलिको मधेस गानको रुपमा व्याख्या गरिरहेका छन् ।

मधेस प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममै गीत सार्वजनिक गरिएकाले पनि धेरै खालको टिप्पणी भइरहेको छ । कार्यक्रममा सहभागी प्रदेश सांसद श्याम पटेलले सार्वजनिक ‘मधेस गान’बारे आफैँ अचम्मित रहेको बताए ।

उनी भन्छन्, ‘प्रदेश सरकारबाट आयोजित कार्यक्रम थियो, त्यसरी मधेस गान भनेर किन सार्वजनिक गरियो भनेर हामी आफैँ छक्क परेका छौँ ।’

मधेस सरकारले आयोजना गरेको कार्यक्रममा यसरी मधेस गान भनेर सार्वजनिक गरेपछि यसको धेरै अर्थ लाग्ने सांसद पटेल बताउँछन् । यसले प्रदेश सरकारमाथि गम्भीर प्रश्न उठाएको उनको भनाइ छ ।

‘मधेस गान’बारे रातोपाटीको जिज्ञासामा मधेस प्रदेश सरकारका गृह सञ्चार तथा कानुन मन्त्री महम्मद समिमले मधेस सहिद प्रतिष्ठानले तयार पारेको गीत सार्वजनिक गरिएको बताए ।

उनले भने, ‘यो गीत मधेस प्रतिष्ठानको सहaयोगमा तयार पारिएको हो, त्यही भएर सार्वजनिक गरिएको हो । अरु यो बारेमा धेरै जानकारी मलाई छैन ।’

मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले यो गीतको बारेमा प्रदेश सरकारलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन् । उनी भन्छन्, ‘मधेस गान प्रदेश सरकारको होइन, जसपा पार्टीको हो । कार्यक्रममा सार्वजनिक गरिएकोमात्र हो, अरु केही होइन ।’

सार्वजनिक मधेस गानमा मधेस प्रदेशका ८ वटै जिल्लाका दृश्य समेटिएका छन् ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब