विश्वको करोडौँ हिन्दुको आस्थाको केन्द्रको रुपमा स्थापित भएको भारत उत्तर प्रदेशको अयोध्यास्थित राम मन्दिरमा प्राण प्रतिष्ठापछि भगवान रामको मूर्तिमा परिवर्तन आएको खुलासा गरिएको छ ।
भारतको कर्नाटकका मूर्तिकार अरुण योगिराजले आफूले बनाएको भगवान रामको प्रतिमा बनाएको जस्तो नभई साक्षात प्रकट भएको एक अन्तरवार्तामा सुनाएका छन् । उनी अहिले चर्चामा छन् ।
उनले कुँदेको रामललाको मूर्ति अयोध्याको नयाँ राम मन्दिरको गर्भगृहमा स्थापना गरिएपछि पहिलेको स्वरुपभन्दा सयौँ गुणा जीवन्त महसुस गरेको बताए ।
अरुण योगीराज आफूलाई सबैभन्दा भाग्यमानी मान्छन् । अरुण भन्छन्, ‘सपनामा बाँचेको जस्तो लाग्छ । अरुण अहिले देशकै सबैभन्दा बढी खोजिने मूर्तिकार हुन् । उनले धेरै मूर्ति बनाएका छन् । तर यसअघि सारा विश्वले उनको बनाएको मूर्तिका लागि यति उत्सुकताका साथ प्रतीक्षा गरेका भने थिएनन् ।

एक अन्तरवार्ताको क्रममा मूर्तिकार अरुण योगिराजले आफूले कुँदेको मूर्ति मन्दिरमा दिँदा फरक रहेको र प्राण प्रतिष्ठानपछि आफू हेर्दा धेरै फरक पाएको बताएका छन् । उनले बनाएको मूर्तिको अनुहार र आँखा तथा प्राण प्रतिष्ठानपछि मूर्तिमा आएको परिवर्तनको बारेमा खुलासा गरे ।
उनले भनेका छन्, “मूर्ति बनाउँदा मैले त्यस्तो आँखा बनाएको थिएनन्, प्राण प्रतिष्ठाको दिन मैले बनाएको आँखाको चमक, डिजाईनमा आकाश पातालको फरक देखे । भगवान राम यस्तो लाग्यो की हामीलाई एक मायाभाव, प्रेमभावले सीधा आँखामा आँखा जुधाएर हेरिराख्नुभएको छ । मूर्तिमा साक्षात भगवान राम विराजमान हुनुभएको छ । मैले त्यतिबेला आफ्नो ईमोशन रोक्न पाएन । आफैँ आश्चर्यमा परे की मैले बनाएको मूर्ति र यसमा अधिक फरक छ ।”
अरुण योगीराजले ५१ इन्चको उचाइ रहेको ५ वर्षीय भगवान रामको मूर्ति बनाएका छन् । कुराकानीमा उनले कलाकार भक्तको हृदयमा भगवान कसरी उत्रिन्छन् र उसको दिमागमा पुग्छन् भन्ने खुलाएका छन् । कसरी ढुङ्गाको मूर्तिले भगवानको आकार लिन्छ समेत ह्दय छुनेगरी बताए ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved