मधेश प्रदेशमा ९ हजार प्रहरी समायोजन हुने

  • माघ १५, २०८० | ४९५ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेश प्रदेशमा ९ हजार १ सय ५२ जना प्रहरी समायोजन हुने मधेश प्रदेशका मृहमन्त्री मो.समिमले बताएका छन् । प्रदेशमा कति प्रहरी समायोजन हुने विषयमा प्रहरी समायोजन ऐनमा नै त्यसको टुंगो लागि सकेको र सो अनुसार मधेश प्रदेशका सो संख्यामा प्रहरी समायोजन हुने उनले बताए ।

चार वर्ष अघि आएको प्रहरी समायोजन ऐन अनुसारमा प्रदेशमा ५४ हजार ७ सय २० प्रहरी प्रदेशमा समायोजन हुने उल्लेख छ । संघीय सरकारको गृह मन्त्रालय मातहत २४ हजार ८ सय २१ प्रहरी रहने छ । उक्त ऐन अनुसार कोशी प्रदेशमा १० हजार ७ सय १७, मधेशमा ९ हजार १ सय ५२, बागमतीमा ७ हजार ३ सय चार, गण्डकीमा ६ हजार ७ सय ४५, लुम्बिनीमा ९ हजार ४ सय ४३, कर्णालीमा ५ हजार ४ सय ५८ र सुदूरपश्चिममा ५ हजार ९ सय १ प्रहरीको दरबन्दी कायम गरिएको छ ।

त्यसैगरि, प्रदेशको प्रहरी प्रमुखमा डिआईजी रहने छन् । प्रदेशमा डिएसपीदेखि समायोजन हुने छ । त्यसैगरि, प्रदेश प्रहरी कार्यालयमा दुई जना वरिष्ठ प्रहरी उपरीक्षक र एक जना प्रदेश प्रहरी तालिम केन्द्रमा वरिष्ठ प्रहरी उपरीक्षकको व्यवस्था गरिएको छ ।

संघिय सरकारले माघ महिनाभित्रै प्रहरी समायोजन प्रक्रिया अगाडी बढाउने तयारी गरेको छ । जसलाई मध्येनजर गर्दै काठमान्डुमा सात वैट प्रदेशका गृह, अन्तरिक मामिला तथा कानुन मन्त्रीसँगक शनिवार र आईतवार दुई दिने बैठक सम्पन्न भएको छ ।

IMG-20240128-WA0032

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब