लाहानको लिलामदन हस्पिटलको सम्पूर्ण सेवा अनिश्चित कालको लागि बन्द

  • माघ २२, २०८० | ५१० पटक पढिएको | सीमा संदेश
alt

सिरहाको लहान १ स्थित लिलामदन हस्पिटल एण्ड प्रसृति गृहको सम्पूर्ण सेवा अनिश्चित कालको लागि बन्द गरिएको छ। अस्पताल सञ्चालनको लागि आवश्यक मापदण्ड अपुग देखिएकोले तत्कालको लागि अर्को व्यवस्था नहुँदा सम्मको लागि बन्द गरिएको हो।

नगरपालिकाले शुक्रवार अस्पताल सञ्चालन अनुमति पत्र लगायतका कागजात सहित २४ घण्डाभित्र उपस्थित हुन पत्राचार गरेका थिए। नगरले पत्रसाथ उपस्थित हुन भनेपनि अस्पताल सञ्चालकका तर्फबाट चिकित्सक दिलिप कुमार साह आफै उपस्थित भई हाललालाई सवै स्वास्थ्य सेवाहरु बन्द गरिने बताएको लहान नगरपालिकाले जनाएको छ।

पालिकाले माँग गरेबमोजिमको कागजात समेत पछि पेश गर्ने व्यहोरा सहितको निवेदन चिकित्सक साहले पेश गरेको नगरपालिकाले जनाएको छ।

पालिकाबाट गएको अनुगमनमा समेत अस्पताल सञ्चालनकोलागि आवश्यक मापदण्ड समेत अपुग देखिएकोले हाललाई अर्को व्यवस्था नभएसम्मका लागि अस्पतालको सम्पूर्ण सेवा बन्द रहने नगरपालिकाले जनाएको छ।

अस्पतालमा पटक पटक विवादित गतिविधि भएकाले नगरपालिकाले अस्पतालसँग कागजात माँग गरेको थियो। अस्पतालले कागजात पछि बुझाउने भन्दै तत्काल सेवा बन्द गर्ने निवेदन नगपालिकामा पेश गरेको बताएको छ।

lahan-napa

गोलबजारमा सुनसरी घटनाको विरोधमा प्रदर्शन

सिरहा।सुनसरीको देवानगञ्ज गाउँपालिका ३, कप्तानगञ्जमा प्र ...

देवानगञ्जमा सुरक्षा व्यवस्था कडा : सद्भाव कायम राख

कोशी प्रदेशको सुनसरीमा दुई समुदायबीच भएको झडपपछ उत्पन्न ...

साउन १२ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १२ गते । मंगलबार । ...

गोलबाजरका स्थानीय धुँवा धुलोले आक्रान्त

गोलबजार । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब