सिरहाको गोलबजारबाट जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेको छ। जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादी गोलबजार नगरपालिका ४ का २१ वर्षिय रोहित दासलाई लुकिछिपी रहेको अवस्थामा शिवचौकबाट नियन्त्रणमा लिएको हो।
जिल्ला सिरहा परिवर्तित नाम २०८०/०८१ गोलबजार ‘छ १’ ले दिएको जाहेरीको आधारमा दासलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रकिन्द्र राज पाण्डेले जानकारी दिए।
प्रहरीले आवश्यक अनुसन्धानको लागि शुक्रवार जिल्ला अदालत सिरहाबाट पाँँच दिनको म्याद थप गरेको जानकारी दिएको छ।
दासले गत मंसिर २८ गते १४ वर्षिया वालिकामाथि जवरजस्ती करणी गरेको आरोप लागेको छ। प्रहरीले खोजिकै शिलशिलामा विहिवार पक्राउ गरेको हो।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved