मिथिला नगरपालिकाले सिजनल भिषामा दुई सय युवा कोरिया पठाउने

  • फागुन ११, २०८० | २७७ पटक पढिएको | सीमा संदेश
alt

धनुषाको मिथिला नगरपालिकाले बेरोजगारी समस्या समाधान गर्न झण्डै दुई सय युवालाई सिजनल भिसामा कामदार कोरिया पठाउने भएको छ ।

कृषि क्षेत्रका कामदारहरुलाई सिजनल भिसामा कोरिया पठाउन मिथिला नगरपालिका र कृषि विकास अनुसन्धान परिषद् कोरियाबीच शुक्रवार व्यापार सम्झौता भएको छ । मौसमी कृषि श्रमिक आपूर्तिका लागि आपसी आदान प्रदान र सहयोग कायम गर्ने उद्देश्यले सो व्यापार सम्झौता गरिएको हो ।

सम्झौतापत्रमा कृषि विकास अनुसन्धान संघ कोरियाका अध्यक्ष युन चुन—सियोप र मिथिला नगरपालिका नगर प्रमुख महेन्द्र महतोले हस्ताक्षर गरेका छन् ।
मौसमी कृषिका लागि कोरियाको ग्रामीण क्षेत्रहरुमा श्रमिक आभाव समाधान गर्न पारस्परिक सहमति भएका उत्कृष्ट कृषि श्रमिक भर्ती, तालिम र आपूर्ति व्यवस्थापन लगयातका विषय सम्झौतापत्रमा समेटिएको नगरप्रमुख महतोले बताएका छन् । उनले भने यो सम्झौताले युवा बेरोजगारी समस्या धेरै हदसम्म समाधान हुनेछ ।

पहिलो चरणमा नगरपालिका भित्रका करीब दुईसय युवालाई तालिम प्रशिक्षण दिई मौसमी कृषि कार्यकालागि कोरियो पठाइने छ । सो सम्झौता अन्तर्गत एक वर्षमा ८ महिना काम गर्नुपर्ने र चार महिना घर आउने विदा दिइनेछ । सो विदा कटेपछि पुन रोजगारीका लागि कोरिया पठाइनेछ । सो सम्झौता अनुसार कुनै म्यानपावर वा एजेन्ट मार्फत कामदारलाई नपठाई यहाँका स्थानीय सरकार र कोरियाको स्थानीय सरकारबीचको समन्वयमा पठाइनेछ ।

सम्झौता विभिन्न पांच धारामा गरिएको छ । पहिलो धारा सम्झौताको महत्व, दोश्रो धारा सम्झौताको सामाग्री, तेश्रो धारामा सहयोगी विधि, चौथो धारामा सम्झौताको विधि र अन्तिम पांचौ धारामा सम्झौताको प्रभावकारिता उल्लेख गरिएको छ ।
कामदारहरुको भर्ती र प्रशिक्षण सम्बन्धी जानकारीको आदानप्रदान, कामदार आपूर्ति र व्यवस्थापनमा जानकारी आदानप्रदान, आपसी कर्मचारीहरु साइट भ्रमण, रोजगारीसँग सम्बन्धित स्थानीय सरकारसँग औपचारिक हस्ताक्षर र पारस्परिक विकाससँग सम्बन्धित विषयहरु सम्झौताको सामाग्री रहेको छ ।

प्रधानमन्त्री मोदीको अध्यक्षतामा ब्रिक्स घोषणापत्र

नयाँ दिल्ली। भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको पह ...

‘मधेश राज्य’का लागि संघर्षको आह्वान : छठपछि सशक्त

९ दलीय सम्मलित गठन गरिएको अग्रगामी मोर्चाले मधेश प्रदेश ...

शिक्षामन्त्री पोखरेल सहभागी कार्यक्रममा रास्वपाकै

सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुगेका ...

भदौ २८ गते आइतबार, यस्तो छ तपाईं को राशिफल

वि.सं.२०८३ साल भाद्र २८ गते । आइतबार । ईश्वी सन् २०२६ स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब