सिरहा, १८ फाल्गुन । सिरहा नगरपालिका-२१ लगडी गोठमा प्रकृतिक स्वच्छता र समाजिक विकृती नियन्त्रण तथा रोक्न उदेश्यले (आज) शुक्रवार देखि संगीतमय श्रीमद्भागवत गीता महापुराण सप्ताह कथा वाचन कार्यक्रम विधिवत सुरु भएको छ ।
हजारौँका संख्यामा महिला दिदीबहिनीहरुले पैदल कलश शोभा यात्रा गरी कमला नदीमा कलश भरी कार्यक्रमलाई शुभारम्भ गरेका छन् ।
लगडी गोठको महादेव बाबा मन्दिरको प्राङग्णमा विभिन्न झाँकी कार्यक्रमका साथ सप्ताह भरी कथा वाचन हुनेछ । श्रीमद्भागवता काथा वचान गर्न भारत काशी बनारसका काथा वाचक श्री शिवाश महराज जी आएका छन् ।
साप्ताहिक कार्यक्रममा वृन्दावनको रासलिला र २५ गतेको विशाल शिव जागरण झाँकी हुने आयोजक समितिका संयोजक सिरहा नगरपालिका वडा नं. २१ वडाअध्यक्ष सुरेन्द्र मंडलले बताए।
यता वडा कार्यालयको अनुरोधमा सिरहा नगरपालिकाले वडा नं. २१ भित्र श्रीमद्भागवत गीता महापुराण सप्ताह भरी माछा, मासु र मदिरा जन्य पदार्थ विक्री वितरणमा रोक लगाएका छन् ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved