आरती हत्या प्रकरणमा थप देवर साह पक्राउ

  • फागुन २४, २०८० | ३०७ पटक पढिएको | सीमा संदेश
alt

आरती साह हत्या भएको झण्डै १० महिनापछि जिल्ला प्रहरी कार्यालय धनुषाले थप एक जनालाई पक्राउ गरेको छ ।

आरती साह हत्या प्रकरणमा जिल्ला हुदै सर्वोच्च अदालत सम्म सुनुवाई भइसककेको अवस्थामा बुधवार साँझ प्रहरीले जनकपुरका २७ वर्षीय रावि कुमार साहलाई पक्राउ गरेको छ । पक्राउ गरिएका साह मृतक साहकी देवर छन् ।

गत जेष्ठमा ७ गते आफ्नै घरमा झुण्डिएको अवस्थामा आरती मृत फेला परेकी थिइन । आरतीकी माईती पक्षले छोरीको हत्या गरेको भन्दै आरतीकी श्रीमान मोतिबाबु साह र ससुरा मदन मोहन साह विरुद्ध किटानी जाहेरी दिएका थिए ।

सो मुद्दामा जिल्ला अदालत धनुषाले आरतीका श्रीमान मोतिबाबु साह र ससुरा मदन मोहन साहलाई पूर्व पक्षका लागि थुनामा पठाएका थिए । तर उच्च अदालत जनकपुरधामले सोहीमा दुवै जनालाई साधारण तारेकमा छोडेको थियो । पछि सर्वोच्च अदालते पनि सो मुद्दामा आरतीका पति मोतिबाबु साहलाई पूर्व पक्षका थुनामा र ससुरा मदन मोहन साहलाई १ लाख धरौटीमा छोडन आदेश गरेको थियो ।

यता, बुधवार प्रहरीले रवि कुमार साहलाई पक्राउ गरेपछि आरतीका ससुरा पक्षले जिल्ला प्रहरी कार्यालय अगाडि नाराजुलस प्रदर्शन गरेको छ । जाहेरी समेत नपरेका व्यक्तिलाई प्रहरी पक्राउ गरि आफ्नो परिवारमाथि अन्याय गरेको भन्दै उनीहरुले प्रहरी विरुद्ध प्रदर्शन गरेका छन् । प्रहरीले आफ्नो वाहीवाहीका लागि आफ्ना निर्दोष छोरालाई पक्राउ गरेको आरतीकी ससुरा मदन मोहन साहले आरोप लगाए । पक्राउ गरिएका साहलाई अविलम्व रिहा गर्नुपर्ने माग समेत गरेका छन् ।

राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधन: तपाईहरूले त्

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रस ...

असोज ९ गते शुक्रबार,यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ९ गते । शुक्रबार । ...

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब