इस्लाम धर्मावलम्बीकाे महान् पर्व रमजान शुरु

  • फागुन २९, २०८० | ६४० पटक पढिएको | सीमा संदेश
alt

इस्लाम धर्माम्बलम्बीको महान पर्व रामजान रोजा आजदेखि सुरु भएको छ ।

खाडी मुलुक साउदी, कतारलगायतका देशहरुमा सोमबारदेखि नै रोजा सुरु भए पनि नेपाल, भारत, पाकिस्तान, बगंलादेश लगायतका दक्षिण एसियामा भने मंगलवारदेखि रोजा सुरु भएको छ ।

सोमबार साँझ मुस्लिम समुदायले आकाशमा चन्द्रमा देखेपछि जनकपुरधाममसहित नेपालभरका मुस्लिम समुदाय रोजा गर्दै छन् । रोजा (व्रत) हरेक मुस्लिम सामुदायका बालिग महिला तथा पुरुषमा अनिवार्य गरिएको छ ।

इस्लाम धर्मका ५ वटा आधार स्तम्भ इमान, नवाज, रोजा, जकात, हजमध्ये रोजा तेस्रो नम्बरको हो । इस्लामिक महिना श्रावणको समाप्तिसंगै रमजानको पहिलो चन्द्रमा (चाँद) मुस्लिम समुदायले देखे पछि रमजान शुरु हुने गर्छ । इस्लामिक महिना रमजान ३० दिन सम्म मुस्लिम समुदाय रोजा गर्छन् ।

यस पुर्वमा मुस्लिम समुदायका सम्पुर्ण महिला तथा पुरुषले अनिवार्य रुपमा दिनभरि केहि नखाई निराहार रुपमा व्रत बस्नु पर्ने हुन्छ । रोजामा ब्रतालुहरुले सूर्य उदाउनु भन्दा पूर्व र सूर्य अस्ताए पछि मात्र अन्नजल ग्रहण गर्ने परम्परा रहेको छ ।

इस्लामिक धर्मग्रन्थका अनुसार रोजा दुई हिजरी सवाण (महिना)को १० तारिक देखि मुस्लिम समुदाय माथि फर्ज अथार्त अनिर्वाय गरिएको छ । इस्लामिक धार्मिक गुरुहरुको अनुसार अहिले १४ औ हिजरी चलिरहेको छ ।

रोजा धनी, गरिब सवैमाथि अनिवार्य छ, यसमा कुनै भेदभाव हुदैन । दिनभरि मजदुरि गर्ने होस वा राजा राजौटा किन नहोस् सबैमाथि रोजा उतिकै लाजिम (अनिर्वाय) गरिएको छ । महिला ,पुरुष दुवै वालिग मुस्लिम माथि रोज अनिर्वाय गरिएको मौलना अहमद हुसैनले बताए ।

इस्लामिक धर्मगुरुहरुले जनाए अनुसार सामुहिक रुपमा रोजा खोल्दा (अनजल) धार्मिक हिसावले राम्रो मान्निछ । रमजान महिनामा इस्लामिक क्यालेन्डरको ९ आँै महिना हो । सो महिना मुस्लिम समुदायको लागि विशेष महत्व राख्छ । अन्य महिना भन्दा रमजानमा उपवास तथा दान गर्दा ७० गुणा बढी सवाव (पुण्य) प्राप्ति हुने मुस्लिम समुदायको विश्वास रहेको छ ।

रमाजानकै २७ तारिकका दिन इस्लाम धर्माबलम्विहरुको सब भन्दा ठुलो धर्मग्रन्थ पवित्र कुरआन सरिफ नाजिल (अवतरित) भएका उनले बताए । यसै महिनामा साढे सात तोला सुन वा साढे ५२ तोला चाँदी तथा सो बरावरको सम्पती भएको खण्डमा गरिब विपन्नहरुको लागि अनिवार्यरुपमा जकात अथार्त दान गर्नका लागि साढे दुई प्रतिशतका दरले रकम निकाल्नु पर्छ ।

राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधन: तपाईहरूले त्

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रस ...

असोज ९ गते शुक्रबार,यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ९ गते । शुक्रबार । ...

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब