सिरहामा खुकुरी प्रहारबाट महिलाको हत्या, श्रीमान् पक्राउ

  • चैत २, २०८० | ६२४ पटक पढिएको | सीमा संदेश
alt

सिरहामा खुकुरी प्रहार गरी एक महिलाको हत्या भएको छ ।

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका ६ सितापुरकी अन्दाजी ४० वर्षीया कुनिया देवी दासको बिहीवार साढे ३ बजेतिर हत्या भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता  डिएसपी रविन्द्र राज पाण्डेले बताए ।

डीएसपी  पाण्डेका अनुसार श्रीमान् श्रीदेव दासले कुनिया देवीको घाँटीमै खुकुरी प्रहार गरी हत्या गरेकोले उनको घटनास्थलमै मृत्यु भएको छ । श्रीमान श्रीदेवलाई घटना लगतै प्रहरीले पक्राउ गरेको छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय लहानको टोली पुगेर अनुसन्धान गरिरहेको छ । घरासयी विवादमा हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

योसँगै एकसाता भित्रै सिरहामा श्रीमानबाट तीन महिलाको हत्या भएको छ ।

राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधन: तपाईहरूले त्

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रस ...

असोज ९ गते शुक्रबार,यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ९ गते । शुक्रबार । ...

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब