मोरङमा चिउरा मिलमा आगलागी, एक करोड ५० लाखको क्षति

  • चैत ४, २०८० | ४२८ पटक पढिएको | सीमा संदेश
alt

 मोरङको रङ्गेली–३ बाबुसाहेब टोलको सन्थाल बस्तीमा आगलागी हुँदा १९ घर जलेका इलाका प्रहरी प्रहरी कार्यालय रङ्गेलीले जनाएको छ । हिजो दिउँसोदेखि शुरु भएको आगलागी बस्तीमा फैलि‌दा १९ घरधुरीका २५ परिवार विस्थापित भएका रङ्गेली नगरपालिका उपमेयर गोमा पराजुलीले जानकारी दिनुभयो ।

विस्थापित परिवारलाई स्थानीय सरकारले राहत उपलब्ध गराउन प्रकृया थालेको पनि उहाँको भनाई छ । प्रहरी प्रमुख प्रहरी निरीक्षक बुद्धि चौलागाईंका अनुसार बाक्लो बस्ती रहेकाले आगलागीका कारण धेरै घरमा क्षति पुगेको हो ।

कानेपोखरी गाउँपालिका, रङ्गेली, बेलबारी, पथरीशनिश्चरे र सुन्दरहरैँचा नगरपालिका र विराटनगर महानगरको बारुणयन्त्र, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासिन्दाको सहयोगमा झण्डै तीन घण्टापछि आगो नियन्त्रणमा आएको थियो ।

यस्तै मोरङको पथरी शनिश्चरे वडा नम्बर–१ बुद्धचोकमा रहेको कोशी चिउरा मिलमा गएराति आगलागी हुँदा एक करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान छ । गएराति १२ बजे मिलमा आगलागी हुँदा मिलका मेसिनरी सामग्रीसहित अन्न जलेको हो ।

स्थानीयबासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा आगो निभाइएको छ । आगो निभाउन पथरीशनिश्चरे, उर्लाबारी, कानेपोखरी र बेलबारी नगरपालिकाको दमकल प्रयोग गरिएको थियो । आगलागीको कारण खुल्न नसकेको प्रहरी कार्यालय पथरीले जनाएको छ । 

राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधन: तपाईहरूले त्

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रस ...

असोज ९ गते शुक्रबार,यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ९ गते । शुक्रबार । ...

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब