सिराहामा हतियार देखाएर दिउँसै साढे १५ लाख लुटपाट

  • चैत २६, २०८० | ४४७ पटक पढिएको | सीमा संदेश
alt

सिराहाको विष्णुपुर गाउँपालिका– १ स्थित विष्णुपुर बजारमा रहेको मनी ट्रान्सफरका लागि जिल्ला सदरमुकाममा रहेको ग्लोबल आइएमई बैंकबाट ल्याएको साढे १५ लाख रुपैयाँ हतियारधारी समूहले लुटपाट गरेको छ।

जिल्ला प्रहरी कार्यालयदेखि करिब पाँच सय मिटर उत्तर सिराहा चोहर्वा सडकखण्डको महिसोथा जाने बाटोनजिकबाट आइतबार बिहान करिब ११ बजेतिर दुईजनाको हतियारधारी समूहले  १५ लाख ५० हजार रुपयाँ लुटेको प्रहरीले जनाएको छ।

सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मुक्तिराम सापकोटाका अनुसार बैंकबाट झिकेको रकम झोलामा राखेर स.९प ६३१० नम्बरको मोटरसाइकलमा विष्णुपुरतर्फ आउँदै गरेका पुरुषोत्तम यादवलाई भारतीय नम्बर प्लेटको मोटरसाइकल चढेका दुईजनाले हतियार देखाएर लुटपाट गरेका हुन्।

लुटेरा समूहले नगद १५ लाख ५० हजार रुपैयाँसहित ग्लोबल आइएमई बैंकको दुई र राष्ट्रिय वाणिज्य बैंकको तीन थान खाली चेक तथा मोबाइलसमेत लुटेर लगेको उनले बताए। विष्णुपुर– १ का कुशेश्वर यादवले सञ्चालन गर्दै आएको मनी ट्रान्सफरका लागि ल्याउँदै गरेको रकम लुटेर नकाव लगाएका लुटेराहरू महिसोथातर्फ भागेको यादवलाई उदृत गर्दै प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनाको विषयमा थप विवरणहरू संकलन भइरहेको छ। लुटेराहरू फरार हुन सक्ने सम्भावित नाकाहरूमा प्रहरी परिचालन गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सुकदेव सिंहले एमाले पार्टी परित्यागको घोषणा

नेकपा एमालेका जिल्ला समिति सदस्य सुकदेव सिंहले पार्टीको ...

फर्जी यौन दुर्व्यवहारको आरोप स्वीकार गरेपछि विवादम

भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस ११’ की ...

भारत भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री खनाल आगा

छिमेकी मुलुक भारतको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी ...

रास्वपा सिरहामा नेतृत्वका लागि आजै निर्वाचन प्रक्र

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाको प् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब