नाबालिकालाई भारततर्फ लैजाँदै गरेका युवक पक्राउ

  • वैशाख २, २०८१ | ३२८ पटक पढिएको | सीमा संदेश
alt

सामाजिक सञ्जालबाट प्रेम सम्बन्धमा पारी १७ वर्षीया नेपाली नाबालिकालाई भारततर्फ लैजाँदै गरेको अवस्थामा एक युवकलाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेको छ ।

वीरगञ्जको सीमावर्ती क्षेत्र रक्सौलबाट प्रहरीले पर्सा जगरनाथपुर गाउपालिका पाँडेपुरका २७ वर्षीय मोहम्मद मञ्जुर आलम खानलाई पक्राउ गरेको छ । खानलाई भारतको मानव तस्कर रोधी इकाई (क्षेत्रक मुख्यालय) बेतिया कार्यालय ४७ औं बाहिनी सशस्त्र सीमा बल रक्सौल पूर्वी चम्पारण बिहारले ‘ मिसन निर्भया’ अन्तर्गत शुक्रबार सीमाबाट पक्राउ गरेको हो ।

भारतीय सुरक्षा फौज एसएसबीका इन्स्पेक्टर मनोज कुमार शर्मालाई प्राप्त सूचना अनुसार नेपाल भारत मैत्री पुलमा आवश्यक सर्तकता अपनाइएपछि खानलाई ती नाबालिका सहित नियन्त्रणमा लिन सफलता मिलेको छ । माइती नेपाल वीरगञ्ज आवधिक गृहको सहजीकरण पछि आरोपित खान र ती बालिका दुवैसँग बयान लिइएको थियो ।

बयान अघि दुबैले आफूहरु पति पत्नी रहेको बताए पनि बयानको क्रममा भने १७ वर्षीय नाबालिकाले सामाजिक सञ्जालबाट प्रेम सम्बन्ध परेपछि खानले विवाह गर्ने भनि आफूलाई भारततर्फ लैजान खोजेको बताइन् । बयानको क्रममा खानको पहिलो पत्नीसंग सम्बन्ध बिच्छेद भइ सकेको र दोश्रो विवाह तय भइकेको छ । हाल तेश्री नाबालिकालाई पनि उनले विवाह गर्ने बताउँदै भारततर्फ लग्न खोजेको पाइएको इन्सपेक्टर शर्माले बताए ।

सुकदेव सिंहले एमाले पार्टी परित्यागको घोषणा

नेकपा एमालेका जिल्ला समिति सदस्य सुकदेव सिंहले पार्टीको ...

फर्जी यौन दुर्व्यवहारको आरोप स्वीकार गरेपछि विवादम

भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस ११’ की ...

भारत भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री खनाल आगा

छिमेकी मुलुक भारतको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी ...

रास्वपा सिरहामा नेतृत्वका लागि आजै निर्वाचन प्रक्र

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाको प् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब