सन्तानको आसमा पतारी पोखरीमा डुबुल्की

  • वैशाख ३, २०८१ | ४०७ पटक पढिएको | सीमा संदेश
alt

सन्तान पाउने आसमा हरेक वर्षको २ वैशाखमा निःसन्तान दम्पती र तिनका आफन्त सिराहाको लक्ष्मीपुरपतारी गाउँपालिका– ३ पतारीस्थित पोखरीमा डुबुल्की लगाउने गर्छन् । पूर्व–पश्चिम लोकमार्गको धनगढी बजारबाट करिब १० किलोकमिटर दक्षिणमा पर्ने लक्ष्मीपुर– ३ पतारी बजारमा रहेको पतारी पोखरीमा सन्तान प्राप्तिको भाकलसहित आउने करिब दुई सय निःसन्तान दम्पतीको आइतबार भिड रह्यो । नयाँ वर्षको भोलिपल्ट लाग्ने मेलामा भारतको उत्तरी बिहारका पटना, मधुवनी, दरभंगा, जयनगरसहित नेपालका विशेष गरी मधेशका विभिन्न जिल्लाबाट निःसन्तान दम्पतीले सन्तान प्राप्तिको भाकलसहित २४ घण्टा व्रत बसेर पोखरीमा डुबुल्की मार्ने गर्छन् । 

करिब १० बिघा क्षेत्रफलमा फैलिएको पोखरीको दक्षिणी किनारमा रहेको मन्दिर (गहवर)को पूर्वी ढोकामा १ वैशाखको साँझदेखि निरन्तर १८ घण्टासम्म व्रत बसेर भोलिपल्ट मध्याह्न गहवरभित्र रहने विशेष पूजापछि फूल–अक्षता लिई गहवरको उत्तरी गेटबाट सीधै पोखरीमा हाम फालेर हेलिँदै पोखरी पार गर्नुपर्ने मान्यता रहेको स्थानीय बासिन्दा बताउँछन् । गहवरका पुजारी ७५ वर्षीय रामलोचनसिंह दनुवारका अनुसार पोखरीमा हेलिएपछि पानीभित्र कुनै पनि जीव भेटिए ती महिलाको सन्तान हुने जनविश्वास छ । 

डुबुल्की मार्दा पानीमा भेटिएको जीव मुठ्ठीमै राखेर कोहीसँग नबोली पोखरीबाट निस्किएलगत्तै गाउँको सीमा पार गरेपछि महिलासँग पछिपछि आउने आफन्तले सीमा कटाएर कपडा फेरिदिने पुजारी सिंहले बताए । कपडा फेरेर घर पुगेपछि पोखरीमा भेटेको जीवको बुटी बनाएर व्रत बसेका महिलाले पाखुरा या घा“टीको मालामा राख्दा सन्तान प्राप्त हुने जनविश्वास रहेको उनले बताए । 

हरेक वर्ष २ वैशाखमा पतारी पोखरीमा सन्तानको आसमा डुबुल्की लगाउन आएका र सन्तान पाइसकेका दम्पतीको विशेष भिड रहने स्थानीय जनता नन्द ललिता माविका प्रधानाध्यापकसमेत रहेका गहवर पुजारीका खलक विनोद सिंहले बताए । उनका अनुसार सन्तान प्राप्त गरिसकेका दम्पती बोका, परेवा, लड्डु, पान–सुपारी लिएर पतारी पोखरीमा पूजाका लागि आउने गर्दछन् । लोकनायक सलहेशकै समयमा दनुवार जातिका राजा हरिसिंह देव बस्ने पतारी पोखरी क्षेत्र विसं १३२५ तिरदेखि अस्तित्वमा रहेको जानकारी दिँदै पुजारी सिंहले वर्षौँदेखि पतारी पोखरीमा निःसन्तान दम्पतीको मेला लाग्दै आएको बताए ।

गोलबजारमा सुनसरी घटनाको विरोधमा प्रदर्शन

सिरहा।सुनसरीको देवानगञ्ज गाउँपालिका ३, कप्तानगञ्जमा प्र ...

देवानगञ्जमा सुरक्षा व्यवस्था कडा : सद्भाव कायम राख

कोशी प्रदेशको सुनसरीमा दुई समुदायबीच भएको झडपपछ उत्पन्न ...

साउन १२ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १२ गते । मंगलबार । ...

गोलबाजरका स्थानीय धुँवा धुलोले आक्रान्त

गोलबजार । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब