श्रीमती बलात्कार आरोपी पूर्वन्यायाधीश गिरीद्वारा आत्मसमर्पण, जेल चलान

  • वैशाख ४, २०८१ | ३४० पटक पढिएको | सीमा संदेश
alt

 वैवाहिक बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएका पूर्वन्यायाधीश भुवन गिरीले आत्मसमर्पण गरेका छन्। 

केही दिनअघि सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको आदेशलाई बदर गर्दै पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। 

गिरी आफैँ सोमवार बिहान करिब १० बजे काठमाडौँ जिल्ला अदालतमा आत्मसमर्पणका लागि पुगेका अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए। 

उनका अनुसार सर्वोच्चको आदेशअनुसार पुर्पक्षका लागि थुनामा पठाइएको छ। सर्वोच्च अदालतका न्यायाधीशहरू हरि फुँयाल र तीलप्रसाद श्रेष्ठको इजलासले गत चैत २१ गते काठमाडौँ जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गरी गिरीलाई थुनामा पठाउन आदेश  गरेको थियो। 

काठमाडौँ जिल्ला अदालत र पाटन उच्च अदालतले गिरीलाई धरौटीमा छाड्न आदेश दिएको थियो तर गिरी पक्राउ नपरेपछि उनकी पत्नी आरती सर्वोच्च पुगेकी थिइन्।

आरतीले आफूलाई घरेलु हिंसा, यौन शोषण र वैवाहिक बलात्कार गरेको भन्दै २०७९ सालमा जाहेरी दिएकी थिइन्। पूर्वन्यायधीश गिरीले वैवाहिक बलात्कारको मुद्दा चलिरहेकै अवस्थामा पुनः बलात्कार गरेको आरोप पनि छ।

राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधन: तपाईहरूले त्

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रस ...

असोज ९ गते शुक्रबार,यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ९ गते । शुक्रबार । ...

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब