‘भारतले मधेसका लागि केही गर्दिन्छ भन्ने भावबाट मुक्त हुनुपर्छ’

  • वैशाख ६, २०८१ | ४०६ पटक पढिएको | सीमा संदेश
alt

राजनीतिक विश्लेषक सिके लालले भारतले मधेसका लागि केही गर्दिन्छ भन्ने भावबाट मुक्त हुनुपर्ने बताएका छन् । उनले जुन दिन मधेस यसबाट मुक्त हुन्छ त्यहीँबाट मधेसको मुक्ति हुने बताएका हुन् । 

उनले भारतले मधेसका लागि केही गर्दिन्छ भनी मधेसका नेताहरूले जनतालाई आशामा राखेको बताए ।   उनले यो भाव राजेन्द्र महतोको पुस्तक ‘अधुरा क्रान्ति’ पुस्तकमा पनि उल्लेख रहेको बताए ।  

राष्ट्रिय क्रान्ति मुक्तिका संयोजक राजेन्द्र महतोको अधुरा क्रान्ति पुस्तकमाथि टिप्पणी गर्दै उनले भने, ‘भारतले गर्दिन्छ भने भावबाट जुन दिन मुक्ति हुन्छ त्यो दिन मधेस मुक्तिको प्रस्थान बिन्दु हुन्छ ।’

विश्लेषक लालले मधेसी आफ्नो अधिकारका लागि नाकामा बसेको बताउँदै भारतले नाकाबन्दी गरेमा त्यसको दोषी मधेसी नहुने बताए । किताबमा महतोले मधेसीलाई भारतीय भनेर सम्बोधन गरेको उल्लेख गर्दै उनले त्यसमा दुःख मान्नुपर्ने अवस्था नरहेको बताए । उनले नेपाल–भारत बिचमा विशेष सम्बन्ध रहेको बताए ।

यस्तै पत्रकार कणकमणी दीक्षितले मधेसवादी दलका नेताहरू नाकामा बसेकाले नाकाबन्दी नभएको टिप्पणी गरे । उनले नाकाबन्दी भारतले गरेको बताए ।  उनले भने, ‘नाकाबन्दी अधिकारका लागि भएको थियो । तर त्यो नाकाबन्दी भारतले गराएको थियो, त्यो कुरा पनि सत्य हो ।’

उनले मधेसमाथि अपहेलना भयो भने देश सफल नहुने तर्क गर्दै आधुनिक राजनीतिक बुझ्नका लागि महतोद्वारा लेखिएको अधुरा क्रान्ति पुस्तक पढ्नुपर्ने धारणा राखे ।

मानव अधिकार आयोगका पूर्वसदस्य मोहना अन्सारीले नेपालमा अझै वैचारिक, सैद्धान्तिक क्रान्ति बाँकी रहेको बताइन् । उनले नेपालमा नागरिकताको समस्या अझै समाधान नभएको दाबी गरिन् । मधेसमा सामाजिक न्यायको कुरा उठेपनि मधेसी महिलाको बारेमा भने नउठेको उनले बताइन् ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब