सर्लाहीमा शरीर र टाउको अलग भेटिएका युवकको हत्या आरोपी फरार बैठा पक्राउ

  • वैशाख ७, २०८१ | ४९१ पटक पढिएको | सीमा संदेश
alt

सर्लाहीमा एक भारतीय युवकको हत्या आरोपमा फरार रहेका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्य सितामढी जिल्ला सोनबर्षा थाना ग्राम पंचायत पुरनदहा राजवडा पश्चिम ५ बस्ने २७ वर्षीय रंजित कुमार बैठा छन् ।

उनलाई गत ४ साउन २०८० मा सर्लाही हरिवन नगरपालिका लखन्देही पुल मूनि टाउको र जंगलमा शरीरको भाग फेला परेका भारतको विहार जिल्ला सितामढी थाना पुरौना भिलेज पोष्ट मनियारी ५ बस्ने २३ वर्षीय गोलु भन्ने अभिषेक राजको हत्या अभियोगमा पक्राउ गरेको हो ।

घटना पश्चात फरार रहेका बैठालाई खोज तलासको क्रममा गत वैशाख ४ गते राति ११ बजेको समयमा सर्लाहीको मलंगवा नगरपालिका ८ गोरखकाली स्थित लागेको महायज्ञ मेलामा घुमि रहेको अवस्थामा पक्राउ गरेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनीमाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सुकदेव सिंहले एमाले पार्टी परित्यागको घोषणा

नेकपा एमालेका जिल्ला समिति सदस्य सुकदेव सिंहले पार्टीको ...

फर्जी यौन दुर्व्यवहारको आरोप स्वीकार गरेपछि विवादम

भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस ११’ की ...

भारत भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री खनाल आगा

छिमेकी मुलुक भारतको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी ...

रास्वपा सिरहामा नेतृत्वका लागि आजै निर्वाचन प्रक्र

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाको प् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब