अवैध सम्वन्धको पीडादायी अन्त्य

  • वैशाख १२, २०८१ | ३८७ पटक पढिएको | सीमा संदेश
alt

महोत्तरीको पिपरा गाउँपालिका–३ घर भएका ३१ वर्षीय हितेन्द्र पासवान ४ दिनदेखी परिवारको सम्पर्कमा थिएनन् । परिवारका सदस्यहरू उनको खोजीमा निस्किए । धनुषाको जनकपुरस्थित होटलहरुमा खोज्दै जाँदा रामानन्द चोकमा रहेको होटल होलिडे एण्ड गेष्ट हाउस सञ्चालकले भने,‘यहाँ दुईजना महिला पुरुष ४ दिनदेखि बसिरहेका छन् ।’ परिवारका सदस्यहरूले कोठा नम्बर २०५ मा पुगेर ढोका ढकढक्याए । भित्रबाट बच्चा रोएको आवाज आइरह्यो तर, ढोका खुलेन् ।

होटल सञ्चालकले प्रहरीलाई खबर गरे । जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रन्जन अवा भन्छन्,‘हामी गएर अर्को बाटोबाट हेर्दा दुईजना झुण्डिरहेको देख्यौँ ।’ कोठाभित्र हितेन्द्र र पिपरा माइतिघर भएकी २५ वर्षीया प्रियंका कापर झुण्डिरहेका थिए । सिलिङमा रहेको डण्डीमा सलको पासो लगाएर दुवैजना झुण्डिएको डीएसपी अवाले बताए । उनी भन्छन्,‘घटनास्थलमा भेटिएकी बालिका मृतक प्रियंकाको रहेको थाहा भएको छ ।’ साढे २ वर्षीया बालिका लिएर प्रियङ्का हितेन्द्र सँगै होटलमा गएकी थिइन् ।

प्रियंकाको विवाह महोत्तरीको लोहारपट्टि नगरपालिका–४ स्थित खुट्टामा भएको थियो । मृतक दुवैजना विवाहित छन् । विवाहेत्तर सम्बन्धका कारण उनीहरूको दुखान्त भएको प्रहरीको प्रारम्भिकक अनुसन्धानको निष्कर्ष छ । दुवै परिवार घटनास्थलमा पुगेका थिए ।शव पोष्टमार्टमका लागि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।

राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधन: तपाईहरूले त्

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रस ...

असोज ९ गते शुक्रबार,यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ९ गते । शुक्रबार । ...

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब