जानकी मन्दिरमा चोरी, सुरक्षामाथि प्रश्न !

  • वैशाख १६, २०८१ | ७९५ पटक पढिएको | सीमा संदेश
alt

हिन्दूहरुको आस्थाको केन्द्र रहेको जानकी मन्दिरको भित्री भागमा चोरीका घटना बढेको छ । तीर्थयात्री श्रद्धालुहरुको घाँटी, कान, नाकबाट सुनका गरगहनाहरु चोर्ने क्रम बढेको छ ।

मन्दिरको गर्भगृह अगाडि रहेको दर्शनगर्ने स्थलमा सुनको गरगहना लुटिए (स्नेचिंग)पछि श्रद्धालुहरुमा नकारात्मक सन्देश जान थालेको छ । पछिल्लो पटक गत मंगलवार बिहान साढे ८ बजे आरती पूजा भइरहेको बेला दुईजना श्रद्धालु महिलाको घाँटीबाट सुनको सिक्री चोरिएको थियो । भारतको बैंगलुरुबाट जानकी मन्दिर दर्शन गर्न आएको ५४ जनाको समूहमा रहेका महिलाहरु मध्ये एकजनाको घाँटीबाट ७० ग्रामको सुनको सिक्री र अर्को महिलाको घाँटीबाट ४० ग्रामको सुनको सिक्री चोरिएको श्रद्धालुहरुले जनाएका छन् ।

यस प्रकारको घटना नियमित भइरहेको बताइन्छ । मन्दिरमा पर्याप्त सीसी टीभी क्यामरा जडान गरिएको छ । तर गर्भगृह अगाडि दर्शन गर्ने ठाउँमा सीसीटीभी कैमरा छैन् । मन्दिरमा श्रद्धालुहरुको सुरक्षा र मार्गदर्शनका लागि पर्यटन प्रहरीको बिट भित्री परिसरमा नै राखिएको छ । मन्दिरको बाहिरी परिसरको बिबाहमण्डप परिसरमा जानकी प्रहरी चौकी रहेको छ । हाल सम्म मन्दिरमा श्रद्धालुहरुको चोरिएको सुनचाँदीको गरगहना बरामद भएको छैन् । न, त चोर नै समातिएको छ ।

मन्दिरको मुख्यद्वारसँगै रहेको तल्लो भागको कोठामा पर्यटक प्रहरी राखिएको छ । त्यो कोठादेखि १५ मिटरको दूरी भित्र नै स्नेचिंग हुने गरेको छ । तर प्रहरीले आज सम्म स्नेचिंगगर्नेको पहिचान समेत गर्न सकेको छैन् । प्रहरीको भूमिकामाथि कतिपयले प्रश्न उठाउन थालेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी महेश्वर तिवारीले सुनको सिक्री चोरी गर्नेलाई चाँडै पक्राउ गरी चोरीएको गहना बरामद गर्ने दावी गरेका छन् । तर हप्ता दिन बित्न लाग्दा पनि उपलब्धि हुन सकेको छैन् । पछिल्लो केही महिनादेखि जनकपुरधाममा आन्तरिक र भारतीय धार्मिक पर्यटकहरुको संख्या निकै बढेको छ । भारतको अयोध्यामा भगवान रामललाको मन्दिरमा प्राणप्रतिष्ठा भएदेखि नै जनकपुरधाममा जगतजननी जानकी मन्दिरको दर्शनगर्ने दर्शनार्थीहरुको संख्यामा निकै वृद्धि भएको छ ।

दर्शनार्थीहरुले असुरक्षा महसुस गर्न थालेपछि बढेको पर्यटकको चाप घटने चिन्ता समाजसेवी एवं औषधी व्यवसायी तेजनारायण चौधरीले व्यक्त गरेका छन् । ‘जानकी मन्दिरमा दर्शनका लागि श्रद्धालुहरुलाई लामबद्ध गराउन थालिएकोछ’ उनले भने, यो सकारात्मक रहेकाले निरन्तरता दिनुपर्छ । मन्दिरको परिसर फराकिलो भएकाले भित्री भागमा नै घुमाउरो लाम बनाउनुपर्ने उनको सुझाव छ ।

यता, जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दास बैष्णवले मन्दिरमा लाइन लगाएर दर्शन गराउनुपर्ने व्यवस्था राम्रो रहेको बताएका छन् । तर, फलामको रेलिङ्ग भन्दा स्टिलको रेलिङ्ग दिँदा हेर्नमा राम्रो लाग्ने उनले बताए ।

ब्यारेजदेखि इटहरीसम्म कफ्र्यु

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई ...

बुवा र छोराको मिलेमतोमा अनियमितता !

सिरहाको सुखीपुर नगरपालिका अन्तर्गत रहेको नगर अस्पतालका ...

आज गुरु पूर्णिमा र व्यास जयन्ती: गुरुप्रति सम्मान

आषाढ शुक्ल पूर्णिमाका दिन आज देशभर गायत्री, दीक्षा, वेद ...

भरियो अख्तियारको हिरासत

घुससहित पक्राउ परेका कर्मचारीले अख्तियार दुरुपयोग अनुसन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब