जानकी मन्दिरमा चोरी, सुरक्षामाथि प्रश्न !

  • वैशाख १६, २०८१ | ४८९ पटक पढिएको | सीमा संदेश
alt

हिन्दूहरुको आस्थाको केन्द्र रहेको जानकी मन्दिरको भित्री भागमा चोरीका घटना बढेको छ । तीर्थयात्री श्रद्धालुहरुको घाँटी, कान, नाकबाट सुनका गरगहनाहरु चोर्ने क्रम बढेको छ ।

मन्दिरको गर्भगृह अगाडि रहेको दर्शनगर्ने स्थलमा सुनको गरगहना लुटिए (स्नेचिंग)पछि श्रद्धालुहरुमा नकारात्मक सन्देश जान थालेको छ । पछिल्लो पटक गत मंगलवार बिहान साढे ८ बजे आरती पूजा भइरहेको बेला दुईजना श्रद्धालु महिलाको घाँटीबाट सुनको सिक्री चोरिएको थियो । भारतको बैंगलुरुबाट जानकी मन्दिर दर्शन गर्न आएको ५४ जनाको समूहमा रहेका महिलाहरु मध्ये एकजनाको घाँटीबाट ७० ग्रामको सुनको सिक्री र अर्को महिलाको घाँटीबाट ४० ग्रामको सुनको सिक्री चोरिएको श्रद्धालुहरुले जनाएका छन् ।

यस प्रकारको घटना नियमित भइरहेको बताइन्छ । मन्दिरमा पर्याप्त सीसी टीभी क्यामरा जडान गरिएको छ । तर गर्भगृह अगाडि दर्शन गर्ने ठाउँमा सीसीटीभी कैमरा छैन् । मन्दिरमा श्रद्धालुहरुको सुरक्षा र मार्गदर्शनका लागि पर्यटन प्रहरीको बिट भित्री परिसरमा नै राखिएको छ । मन्दिरको बाहिरी परिसरको बिबाहमण्डप परिसरमा जानकी प्रहरी चौकी रहेको छ । हाल सम्म मन्दिरमा श्रद्धालुहरुको चोरिएको सुनचाँदीको गरगहना बरामद भएको छैन् । न, त चोर नै समातिएको छ ।

मन्दिरको मुख्यद्वारसँगै रहेको तल्लो भागको कोठामा पर्यटक प्रहरी राखिएको छ । त्यो कोठादेखि १५ मिटरको दूरी भित्र नै स्नेचिंग हुने गरेको छ । तर प्रहरीले आज सम्म स्नेचिंगगर्नेको पहिचान समेत गर्न सकेको छैन् । प्रहरीको भूमिकामाथि कतिपयले प्रश्न उठाउन थालेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी महेश्वर तिवारीले सुनको सिक्री चोरी गर्नेलाई चाँडै पक्राउ गरी चोरीएको गहना बरामद गर्ने दावी गरेका छन् । तर हप्ता दिन बित्न लाग्दा पनि उपलब्धि हुन सकेको छैन् । पछिल्लो केही महिनादेखि जनकपुरधाममा आन्तरिक र भारतीय धार्मिक पर्यटकहरुको संख्या निकै बढेको छ । भारतको अयोध्यामा भगवान रामललाको मन्दिरमा प्राणप्रतिष्ठा भएदेखि नै जनकपुरधाममा जगतजननी जानकी मन्दिरको दर्शनगर्ने दर्शनार्थीहरुको संख्यामा निकै वृद्धि भएको छ ।

दर्शनार्थीहरुले असुरक्षा महसुस गर्न थालेपछि बढेको पर्यटकको चाप घटने चिन्ता समाजसेवी एवं औषधी व्यवसायी तेजनारायण चौधरीले व्यक्त गरेका छन् । ‘जानकी मन्दिरमा दर्शनका लागि श्रद्धालुहरुलाई लामबद्ध गराउन थालिएकोछ’ उनले भने, यो सकारात्मक रहेकाले निरन्तरता दिनुपर्छ । मन्दिरको परिसर फराकिलो भएकाले भित्री भागमा नै घुमाउरो लाम बनाउनुपर्ने उनको सुझाव छ ।

यता, जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दास बैष्णवले मन्दिरमा लाइन लगाएर दर्शन गराउनुपर्ने व्यवस्था राम्रो रहेको बताएका छन् । तर, फलामको रेलिङ्ग भन्दा स्टिलको रेलिङ्ग दिँदा हेर्नमा राम्रो लाग्ने उनले बताए ।

इजरायल-इरान युद्धमा दुवैतिर जितको खुसी: आणविक कार्

इजरायल र इरानबिचको युद्धको १२औं दिन मंगलबार युद्धविराम ...

असार ११ गते बुधबार, यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८२ साल आषाढ ११ गते । बुधबार । ईश्वी सन् २०२५ जु ...

कलकतियाबालीकी श्रीमति अँसा सदा आफ्नै घरमा मृत फेला

 कलाकार अभिनास झा उर्फ कलकतियाबालीकी श्रीमति अँसा ...

इजरायलले आक्रमण रोके युद्धविराम गर्न इरान तयार

इजरायलले आक्रमण रोके युद्धविराम गर्न आफूहरू तयार रहेको ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब