नबिल बैंकको शाखाबाट १ करोड ३४ लाख ६५ हजार चोरी

  • वैशाख १९, २०८१ | ५४८ पटक पढिएको | सीमा संदेश
alt

प्रहरीले तस्करीको सामान बरामदमा लागेको बेला मधेश प्रदेशको एकमात्र वीरगञ्ज महानगरपालिकामा झण्डै १ करोड ३४ लाख ६५ हजार रुपैयाँको अनौठो चोरी भएको छ । वीरगञ्जको वाइपासमा रहेको निजी क्षेत्रको एउटा बैंकमा भएको चोरीले प्रहरीलाई समेत चकित बनाएको छ । आवश्यकता जति रकम चोरेपछि चोरले बैंकलाई सुरक्षित राख्न आफूसँगै ल्याएको ताल्चा लगाइदिएका थिए ।

वीरगञ्जको लक्षुमना चोकस्थित बाइपासमा रहेको नबिल बैंकको शाखाबाट यस प्रकारको अनौठो चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा परेको जाहेरीमा १ करोड ३४ लाख रुपैयाँ चोरी भएको उल्लेख छ । बैंकको सो शाखामा सोमबार विहान चोरी भएको बताइएको छ । चोरले चदराको बाकसमा राखिएको १ सय ५० र २० दरका नोट मात्र लगेका छन् ।

चोरी भएको रकम यकिन गर्न बैंकलाई पूरा १ दिन नै लाग्यो । बैंकले मंगलबार मात्र चोरी भएको रकम यकिन गरी जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएको छ । पर्साका प्रहरी नायव उपरीक्षक कुमार बिक्रम थापाले बैंकमा चोरी भएको उजुरी परेको पुष्टि गरेका छन् । बंैकमा लगाइएको ताला चोरले काटेर भित्र प्रवेश गरेपछि चदराको बाकस फुटालेर रकम चोरी गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ । तर भल्टमा रहेको १ हजार, ५ सय दरका नोट चोरले लग्न सकेको छैन ।

भल्टको ताल्चा काट्न नसकेको कारण १ हजार र ५ सय दरका झण्डै २ करोड रुपैयाँ जोगिएको छ । रकम यकिन गर्न कठिनाइ भएको बताउँदै बैकका एक कर्मचारीले भने,‘ चोरले सबै रुपैयाँ चोरेको रहेन छ ।’ त्यसमा पनि रकम लिएर निस्कदा बैंकमा नयाँ ताल्चा लगाएको ती कर्मचारीले जनाए ।

कर्मचारीको मिलेमतोमै बैंकमा योजनाबद्ध रुपले चोरी भएको आंशका गरिएको छ । कटरले ताल्चा काटी भल्ट फोडेर रकम चोरी भएको छ । विश्वसनीय स्रोतका अनुसार भल्टमा भएको ३ करोड भन्दा बढी रकम मध्ये १ करोड ३४ लाख ६५ हजार रुपैयाँ मात्र चोरी भएको छ । ‘चोरले बैंकबाट बोरामा रुपैया लगेको हो’ डीएसपी थापाले भने, बैंकमा रकम चोरिएको भेउ विहान कर्मचारी पुग्दा पाएका थिए ।

शाखा कार्यालय रहेको घरधनीको सामानसमेत चोरी भएको भेउ पाएको प्रहरीले जनाएको छ । बैंकमा चोरी भएकै कारण सोमबार सो शाखाको सबै कारोबार बन्द गरिएको थियो । बैंकले सोमबार विहानै बाहिर पर्खालमा सूचना टाँसेर सबै कारोबार बन्द रहेको जनाएको थियो । ‘यस शाखामा विशेष कारणवस कारोबार हुन नसकेकोले नजिकैको वीरगञ्ज शाखा र पावरहाउस शाखाबाट कारोबार गरिदिनुहुन अनुरोध गर्दछाँै ’ सूचनामा उल्लेख गरिएको छ, यसबाट ग्राहक वर्गमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौँ ।’ सोमबार बिहान ९ बजे कर्मचारीले बैंक खोल्न जाँदा गेटमा नयाँ ताल्चा लगाएको देखेपछि प्रहरीलाई खबर गरिएको डीएसपी थापाले बताए ।

सूचना पाउने बित्तिकै प्रहरी सोमबार बिहान सवा ९ बजे नै घटनास्थल पुगेको थियो । चोरले लगाएको नयाँ ताल्चा प्रहरीको रोहवरमा फोडेर भित्र हेर्दा भल्ट सुरक्षित रहे पनि चदराको बाकसबाट रकम झिकेको र केही रुपैया र कागजपत्र छरिएको अवस्थामा देखिएको उनले बताए । बैंकले सुरक्षा गार्ड नराखेको र बैंक भएको भवनमा कुनै कर्मचारी समेत नरहने गरेको उनले बताए ।

भित्रको सीसीटीभी बिग्रेकोले बाहिर रहेको कैमराबाट फुटेजहरु झिकिएको छ’ उनले भने, अनुसन्धानको क्रममा केही कर्मचारीसित सोधपुछ भइरहेको छ । बैंकमा मंगलबार कारोबार भए पनि कर्मचारीहरु डराएका देखिन्थे । प्रहरीले भने चाँडै घटनामा संलग्न रहेकाहरुलाई नियन्त्रणमा लिने दाबी गरेको छ । पर्सा जिल्ला प्रहरी कार्यालय हाल तस्करीका सामान बरामद गर्दै राजस्व बढाउनमा लाग्दा बजारमै रहेको बैंकमा ताला फोडेर १ करोड ३४ लाख बढी रकम बोरामा हालेर लग्दा पनि प्रहरीले सुइको समेत पाएन ।

बैंकमै भएको भारी चोरीको घटनाले सुरक्षा व्यवस्थाप्रति गम्भीर प्रश्न उठेको छ ।

मिर्चैयाबाट भरुवा कन्दुक बरामद

सिरहा प्रहरीले मिर्चैयाको जङ्गलक्षेत्रबाट वेवारीसे अवस् ...

सशस्त्र प्रहरीमा खुल्यो ठूलो संख्यामा भर्ना

सशस्त्र प्रहरीले ठूलो संख्यामा नयाँ जनशक्ति भर्ना खोलेक ...

आमा सुरक्षा कार्यक्रमको धज्जी उडाइयो

प्रत्येक नागरिकको स्वास्थ्य सेवामा सामान पहुँच र निशुल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब