जानकी मन्दिरमा सुरक्षा कडा, भिखारीलाई सीमामा रोक्

  • वैशाख १९, २०८१ | ६३६ पटक पढिएको | सीमा संदेश
alt

सुनचाँदी खोस्ने, पकेटमारी गर्ने घटनामा भारी बृद्धि भएपछि प्रहरीले जानकी मन्दिरमा सुरक्षा व्यवस्थालाई कडा बनाएको छ ।

गर्भगृह अगाडि दर्शनार्थीहरुको भीड हुन नदिन मन्दिरमा लाम लगाउने व्यवस्था गरिएको छ । महिला र पुरुषको छुट्टाछुट्टै लाम लगाएर दर्शनको व्यवस्था गरिएको छ ।

मन्दिरमा दर्शनार्थीहरुको भीड हुने बेला महिला र पुरुष लाइनको निगरानी गर्न महिला र पुरुष प्रहरीको छुट्टाछुट्टै व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी महेश्वर तिवारीले बताएका छन् । ‘भीडको बेला लाइनलाई व्यवस्थितगरि स्नेचिंग र पकेटमारी हुन नदिन सुरक्षाकर्मीलाई सतर्क गराइएको छ’ उनले भने, मन्दिरको गर्भगृह लगायतका स्थानमा रहेका सीसीटीभी क्मराहरुको मर्मतसंभार गरी सञ्चालनमा ल्याइएको छ । आन्तरिक र वाह्य पर्यटकको भीड बढेसँगै केही घटनाहरु भएको स्वीकार्दै एसपी तिवारीले भने–‘जानकी मन्दिर परिसरलाई पूर्ण रुपमा सुरक्षित बनाउन विशेष प्रहरी परिचालन गरिएको छ ।’ मन्दिरको गर्भगृहको अगाडि भाग सम्म सर्वसधारण गएर दर्शन गर्ने क्रममा चोर, पकेटमारहरुले महिलाको नाक, कान, घाँटीबाट सुन, हिराका बहुमुल्य गरगहनाहरु खोस्न थालिएको छ ।

पकेटमारीको घटनामा समेत बृद्धि भएको छ । मन्दिर परिसर र बाहिरीद्वारमा रहने गरेका भिखारीहरुलाई हटाइएको छ । भारतबाट आउने भिखारीहरुलाई सीमा नाकाबाट नै छिर्न रोक लगाइएको एसपी तिवारीले जनाए । ‘जानकी मन्दिर परिसर र वरिपरि छिमेकबाट आएका भिखारीहरु रहने र उनीहरुसँगै भएका मानिसहरु पनि घटनामा संलग्न भएको देखिन्छ’ उनले भने–‘ शान्तिसुरक्षाको पूर्ण प्रत्याभूति दिन प्रहरी कार्यमा जुटेका छन् ।’ गत मंगलवार भारतको बैंगलुरुबाट आएका महिला पर्यटकहरु जानकी मन्दिरमा दर्शन गर्न गएको बेला गर्भगृह नजिकबाट १ सय १० ग्राम सुन खोसिएको थियो ।त्यस मध्ये एक जना महिलाको ७० ग्रामको र एकजना महिलाको ४० ग्रामको सुनको सिक्री रहेको पीडितहरुले जनाएका छन् ।

एसपी तिवारीले सुन खोस्नेहरुको पहिचान भइसकेको र चाँडै नै ती व्यक्तिहरुलाई नियन्त्रणमा लिएर सुन बरामद गरिने बताएका छन् । मन्दिरमा बढेको भीडलाई व्यवस्थित गरिएसँगै गरगहना खोस्ने र पकेटमार्ने घटना रोकिएको उनले बताए ।

भारतको अयोध्यामा भगवान रामललाको प्राणप्रतिष्ठा भएसँगै जनकपुरधाममा हिन्दू पर्यटकहरुको संख्यामा भारी बृद्धि भएको छ ।

गोलबजारमा सुनसरी घटनाको विरोधमा प्रदर्शन

सिरहा।सुनसरीको देवानगञ्ज गाउँपालिका ३, कप्तानगञ्जमा प्र ...

देवानगञ्जमा सुरक्षा व्यवस्था कडा : सद्भाव कायम राख

कोशी प्रदेशको सुनसरीमा दुई समुदायबीच भएको झडपपछ उत्पन्न ...

साउन १२ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १२ गते । मंगलबार । ...

गोलबाजरका स्थानीय धुँवा धुलोले आक्रान्त

गोलबजार । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब