अश्लील भिडियो बनाएर ब्ल्याक मेल गर्दै पटक पटक करणी गर्ने एक युवा रुपन्देहीबाट पक्राउ परेका छन्। रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १३ मा बस्ने ३६ वर्षीय सिद्धार्थ गुरुङ एक महिलालाई करणी गरेको अभियोगमा पक्राउ परेका हुन् ।
एकल महिलालाई ब्ल्याक मेल गरी जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरेको हो । गुरुङले लगातार धम्की दिएर ती महिलालाई करणी गरेको आरोप लागेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी रञ्जित सिंह राठौरले जबरजस्ती करणी अभियोगमा गुरुङलाई पक्राउ गरिएको रातोपाटीलाई बताए । उनले महिलाले दिएको उजुरीको आधारमा पक्राउ गरिएको खुलाए ।
गुरुङले सुरु सुरुमा ती महिलालाई दिदी भनेर नाता लगाएको र पछि अश्लील भिडियो बनाएर पटक पटक बलात्कार गरेको महिलाको आरोप छ । ती महिला र गुरुङ केही समय व्यापारिक साझेदार समेत रहेको खुलेको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved