आर्थिक समृद्धिका लागि सीप विकास तालिम

  • वैशाख २१, २०८१ | ६०७ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, २१ बैशाख । आर्थिक समृद्धिका लागि सिरहा नगरपालिका वडा नं. १९ ले सीप विकास तालिम संचालन गरेको छ । महिला लक्षित कार्यक्रम अन्तर्गत महिनावारी स्वच्छता तथा प्याड बनाउने सीप विकास तालिम संंचालन गरेको हो ।

आर्थिक समृद्धिका लागि महिलाका भुमिका सबभन्द प्रमुख हुने भएकोले कार्यक्रममा महिलालाई प्राथमिकतामा राखि तालिम आयोजना गरिएको वडाअध्यक्ष अशोक कुमार यादबले बताए । मधेशका महिलाहरु अहिले पनि आर्थिक समृद्धिमा जोडिन सकेको छैन् । जब सम्म महिलाहरुमा आत्मबल बलियो हुदैन, तब सम्म आर्थिक समृद्धिको कल्पाना गर्न सकिदैन् । त्यसैले हाम्रा वडाले महिलाका स्वास्थ्य प्राथमिकतामा राखि समृद्धिको बाटोलाई अवलम्बन गरेको छ ।

प्याड बनाउने तालिमले समृद्धि मात्र नभई महिलको प्रजन्न स्वास्थ्यमा देखिएका समस्याहरु प्रति पनि सचेतना भएको छ । बजार पाइने सेनेटेरी प्याड धेरै जसो महिलाहरु लागाउन अस्वीकार गरीरहेको छ भने विभिन्न किसिमका समस्याहरु भोगि वैकल्पिक साधन खोजि गरिहेको वेला यो तालिम अति नै उपयोगि भएको  यादबले बताए ।

प्याड बनाउने तालिमले हाम्रा प्रजन्न स्वास्थ्य बारे आँखा खोलि दिईएको तालिम सहभागि अंगिका कुमारी यादबे बताइन् । हामीले प्रयोग गरिरहेको प्याड र आफै बनाउन सीकेको प्याडमा धेरै अन्तर छ । बजार पाइने प्याड भन्द आफैले बनाउने प्याड वातावरणीय तथा स्वास्थ्यका लागि अति नै महत्वपूर्ण रहेकोले अब देखि आफै प्याड बनाई घरपरिवार तथा छेमिकिहरुल पनि सिकाउने यादबले बताइन् ।

महिनावारी चक्र बारेमा कुनै जानकारी थिए । तर यस तालिममा आउँदा महिनावारी अति नै महत्वको विषय भएको तालिम सहभागि आशाा कुमार सदायले बताइन्। मेरो घरमा बजारबाट प्याड खरिद गरेर प्रयोग गर्दा महिनाको ५०० सय खर्च भईरहेका छन् । तर अब आफैले बनाएको प्याड प्रयोग गर्दा पैसाको बचत पनि हुने, सहज र भरपदौ हुन सदायले बताइन् ।

मिर्चैयाबाट भरुवा कन्दुक बरामद

सिरहा प्रहरीले मिर्चैयाको जङ्गलक्षेत्रबाट वेवारीसे अवस् ...

सशस्त्र प्रहरीमा खुल्यो ठूलो संख्यामा भर्ना

सशस्त्र प्रहरीले ठूलो संख्यामा नयाँ जनशक्ति भर्ना खोलेक ...

आमा सुरक्षा कार्यक्रमको धज्जी उडाइयो

प्रत्येक नागरिकको स्वास्थ्य सेवामा सामान पहुँच र निशुल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब