आर्थिक समृद्धिका लागि सीप विकास तालिम

  • वैशाख २१, २०८१ | ६१७ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, २१ बैशाख । आर्थिक समृद्धिका लागि सिरहा नगरपालिका वडा नं. १९ ले सीप विकास तालिम संचालन गरेको छ । महिला लक्षित कार्यक्रम अन्तर्गत महिनावारी स्वच्छता तथा प्याड बनाउने सीप विकास तालिम संंचालन गरेको हो ।

आर्थिक समृद्धिका लागि महिलाका भुमिका सबभन्द प्रमुख हुने भएकोले कार्यक्रममा महिलालाई प्राथमिकतामा राखि तालिम आयोजना गरिएको वडाअध्यक्ष अशोक कुमार यादबले बताए । मधेशका महिलाहरु अहिले पनि आर्थिक समृद्धिमा जोडिन सकेको छैन् । जब सम्म महिलाहरुमा आत्मबल बलियो हुदैन, तब सम्म आर्थिक समृद्धिको कल्पाना गर्न सकिदैन् । त्यसैले हाम्रा वडाले महिलाका स्वास्थ्य प्राथमिकतामा राखि समृद्धिको बाटोलाई अवलम्बन गरेको छ ।

प्याड बनाउने तालिमले समृद्धि मात्र नभई महिलको प्रजन्न स्वास्थ्यमा देखिएका समस्याहरु प्रति पनि सचेतना भएको छ । बजार पाइने सेनेटेरी प्याड धेरै जसो महिलाहरु लागाउन अस्वीकार गरीरहेको छ भने विभिन्न किसिमका समस्याहरु भोगि वैकल्पिक साधन खोजि गरिहेको वेला यो तालिम अति नै उपयोगि भएको  यादबले बताए ।

प्याड बनाउने तालिमले हाम्रा प्रजन्न स्वास्थ्य बारे आँखा खोलि दिईएको तालिम सहभागि अंगिका कुमारी यादबे बताइन् । हामीले प्रयोग गरिरहेको प्याड र आफै बनाउन सीकेको प्याडमा धेरै अन्तर छ । बजार पाइने प्याड भन्द आफैले बनाउने प्याड वातावरणीय तथा स्वास्थ्यका लागि अति नै महत्वपूर्ण रहेकोले अब देखि आफै प्याड बनाई घरपरिवार तथा छेमिकिहरुल पनि सिकाउने यादबले बताइन् ।

महिनावारी चक्र बारेमा कुनै जानकारी थिए । तर यस तालिममा आउँदा महिनावारी अति नै महत्वको विषय भएको तालिम सहभागि आशाा कुमार सदायले बताइन्। मेरो घरमा बजारबाट प्याड खरिद गरेर प्रयोग गर्दा महिनाको ५०० सय खर्च भईरहेका छन् । तर अब आफैले बनाएको प्याड प्रयोग गर्दा पैसाको बचत पनि हुने, सहज र भरपदौ हुन सदायले बताइन् ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब