नेपाललाई हिन्दू गणराज्य घोषणा गर्न मांग

  • वैशाख २३, २०८१ | ३५७ पटक पढिएको | सीमा संदेश
alt

राष्ट्रिय एकता अभियान कास्कीमा सङ्गठन विस्तार गरेको छ ।

सङ्घीय हिन्दू गणतन्त्र नेपालको स्थापनाको लागि सक्रिय अभियानले कास्की जिल्लामा १५ सदस्यीय कार्यकारिणी समिति गठन गरेको छ । समितिको अध्यक्षमा सुनिल मर्सिनि चयन भएका छन् भने उपाध्यक्षमा टिका कुमारी छिरिङ र सचिवमा अनुपमणि अधिकारी चयन भएका छन् ।

अभियानका केन्द्रीय अध्यक्ष विनय यादवको उपस्थितिमा कास्की जिल्ला कमिटी गठन गरिएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष यादवले हिन्दू धर्म नै राष्ट्रिय एकताको मूल मन्त्र भएको उल्लेख गरे । राष्ट्र र राष्ट्रियता जोगाउन नेपाललाई हिन्दू गणराज्य घोषणा गर्नु पर्ने कुरामा जोड दिए । नेपाललाई धर्मनिरपेक्ष देश घोषणा गर्दा राष्ट्रिय एकता कमजोर भएको समेत उनले बताए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय व्यवसायिक विमान यथाशीघ्र संचालनको व्यवस्था गर्नु पर्ने मांग समेत राखे । पोखरा विमानस्थललाई चीनले वीआरआई सङ्ग जोडर अन्तर्राष्ट्रिय रुपमा भ्रम फैलाएको हुनाले त्यसको तत्काल खण्डन र चीनलाई कुटनीतिक नोट नेपाल सरकारले माग नगरूनजेल अन्तर्राष्ट्रिय समुदाय एयरपोर्ट प्रतिको संदेह नहटने बताए ।

एयरपोर्टमा भएको भ्रष्टाचारीहरुलाई कारवाहीको दायरामा नल्याए सम्म आफूहरुको आन्दोलन जारी रहने बताए । कार्यक्रममा पूर्व राज्य मन्त्री तथा नेपाली कांग्रेसका नेता महादेव गुरुङ लगायतका विशिष्ट व्यक्तिको उपस्थिति रहेको थियो ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब