जनकपुरधाममा बैंक घेराउसंगै प्रदर्शन

  • वैशाख २७, २०८१ | ४०६ पटक पढिएको | सीमा संदेश
alt

बैंक तथा वित्तीय संस्थाहरुले चर्को ब्याज लिने गरेको भन्दै घेराउसहित विरोध प्रदर्शन गरिएको छ।

जनकपुरधाममा बुधबार ज्योती विकास बैंक र एभरेष्ट बैंकलगायतकाले चर्को ब्याजमा ऋण दिने गरेको भन्दै घेराउसंगै विरोध प्रदर्शनसमेत गरिएको छ । राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियानले ज्योती विकास बैंक र एभरेष्ट बैंक घेराउ गर्दै विरोध प्रदर्शन गरेका छन् ।

बर्दियामा बैंकबाट लिएको ऋणको चर्को ब्याज खेप्न नसकेर बैंक ऋणी खुसीराम चौधरीले बाध्यतावश आत्महत्या गरेपछि सो अभियानले देशव्यापीरुपमा विरोध प्रदर्शन गरेका छन् । बर्दियाका चौधरीले एभरेष्ट बैंक तथा ज्योती विकास बैंकबाट ऋण लिएका थिए । सोही बैंकको ऋण, ब्याजसंगै बैंकबाट आउने गरेको पीडा खेप्न नसकेर आत्महत्या गरेपछि आन्दोलनमा उत्रेको अभियानका संयोजक सुरेन्द्रमणि शर्माले बताए ।

संयोजक शर्माको अगुवाइमा बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिएर चर्को ब्याजको पीडा खेपिरहेका पीडितहरुले जनकपुरधामस्थित ज्योती विकास बैंक र एभरेष्ट बैंक अगाडिसमेत विरोध प्रदर्शन गरेका छन् । अभियानका संयोजक शर्माले बैंक तथा वित्तीय संस्थाहरुले चर्को ब्याजको नाममा मारिरहेकाले आफूहरुलाई बैंक तथा वित्तिय संस्थाहरुको अन्याय विरुद्ध उत्रिनु परेको बताए ।

सिरहामा राष्ट्रिय परिचयपत्र बनाउनै सास्ती

 राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय ...

अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा ६ जना कर्मचार

गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजको मूल गेटबाहिर एक ...

युएईविरुद्ध आसिफको शतक

एसीसी प्रिमियर कपको फाइनल खेलमा आसिफ शेखले शतक बनाएका छ ...

भदौ २७ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र २७ गते । शनिबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब