मधेस सरकारबाट बाहिरिने सवालमा माओवादीको ‘यू–टर्न’ केन्द्रको हस्तक्षेपले ‘सेफ जोन’मा यादव नेतृत्वको सरकार

  • वैशाख २८, २०८१ | ४२५ पटक पढिएको | सीमा संदेश
alt

मधेस प्रदेश सरकारबाट बाहिरिने सन्दर्भमा माओवादीले ‘यू–टर्न’ लिएको छ । बिहीबार साँझसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको माओवादी मधेस प्रदेशले शुक्रबार भने ‘यू–टर्न’ लिएको हो ।

केन्द्रको निर्देशन नआएको भन्दै माओवादी मधेस प्रदेश संसदीय दलले शुक्रबारदेखि सरकार फेर्ने सवालमा आफ्नो बोली फेरेको छ । सत्ता परिवर्तनको खेलमा माओवादीको ‘यू–टर्न’ले मधेसका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकार तत्कालका लागि सुरक्षित अर्थात् ‘सेफ जोन’मा पुगेको छ ।

जसपा विभाजन भएपछि त्यसलाई ‘गोल्डेन चान्स’ ठानेर प्रदेशस्तरमा माओवादीसहितका दलहरूले सरकारको नेतृत्व फेर्न गृहकार्य सुरु गरेका थिए ।स्रोतका अनुसार यो छलफलमा केन्द्रसँग कुनै समन्वय थिएन । तर प्रदेशस्तरका नेतृत्वले आ–आफ्नो ढङ्गले छलफल गरी सरकारबाट बाहिरिने तयारी गरेका थिए । सोही क्रममा माओवादीले विभिन्न दलसँग छलफल पनि गरेको थियो ।

ती छलफलमा सबैले आ–आफ्नै नेतृत्वमा सरकार गठन गर्ने दाबी गर्न थाले । माओवादी स्रोतका अनुसार छलफलको पहिलो चरणमा एमालेको प्रस्ताव पनि त्यही आयो ।

मुख्यमन्त्रीमा एमालेले दाबी गर्न थालेपछि माओवादी केन्द्र झस्कियो । किनकि प्रदेश सभामा भएको माओवादी सांसदको सङ्ख्याको हिसाबले सरकार बनाउन आवश्यक बहुमत जुटाउन ठुलो चुनौती हुन्छ ।

एमाले, जनमत, एकीकृत समाजवादी र माओवादी मिलेको खण्डमा समेत साना दलहरुको समर्थन आवश्यक पर्छ । तर सरकार फेर्ने सवालमा एमालेले आफ्नो ‘क्लियर’ धारणा बनाइनसकेको भन्दै मुख्यमन्त्री पाए विचार गर्न सकिने प्रस्ताव एमालेबाट आयो । एमालेको यस्तो प्रस्तावमा माओवादी सहमत हुन नसकेको स्रोत बताउँछ ।

माओवादी केन्द्रका एक प्रदेश सभा सदस्यका अनुसार मधेसका सरकार परिवर्तनका बारेमा केन्द्रबाट समेत ‘ग्रीन सिग्नल’ आएको थिएन ।

कसरी सरकार फर्ने कुरा आयो ?

जसपा नेपाल पार्टी विभाजन भएपछि मुख्यमन्त्री सरोज कुमार यादव नेतृत्वको सरकार ढाल्न विभाजित जसपाकै एउटा समूह लागेको बताइन्छ ।

त्यसै अनुसार सुरुमा मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत गद्दीलाई मुख्यमन्त्री बन्ने प्रस्ताव गरिएको थियो ।

पार्टी अध्यक्ष उपेन्द्र यादवको साथ छोडेर आफूहरूको खेमामा आए मुख्यमन्त्री बनाइदिने प्रस्ताव उनलाई गरिएको थियो । त्यसका लागि माओवादीसहित सत्तारुढ दलबाट पूर्ण सहयोग रहने आश्वासन उनलाई दिइएको थियो ।

तर त्यो प्रस्ताव पूर्वमुख्यमन्त्री राउतले अस्वीकार गरे । स्रोतका अनुसार पूर्व मुख्यमन्त्री राउतले प्रस्ताव स्वीकार गरेको भए अन्य दलसँग समन्वय गरेर माओवादी सरकारबाट बाहिरिने योजनामा थियो । यही रणनीति बमोजिम सरकार परिवर्तन गर्ने खेल रचिएको जसपाका एक प्रदेश सभा सदस्य बताउँछन् ।

पूर्वमुख्यमन्त्री राउतले रातोपाटीसँग आफूलाई मुख्यमन्त्री बन्ने प्रस्ताव आएको सुनाए । उनका अनुसार केही साथीका माध्यमले प्रस्ताव आए पनि स्वीकार नगरिएको हो ।

उनले भने, ‘प्रस्ताव ल्याउने ती साथीलाई मैले पार्टी अध्यक्ष उपेन्द्र यादवको साथ नछोड्ने सुनाएँ, एकपटक मुख्यमन्त्री भइसकेको छु, अब लालच पनि छैन । यति भनिसकेपछि ती साथी चुप भए ।’

जसपा विभाजनको मौकामा सरकार परिवर्तन गर्ने चलखेल सुरु गरिएको माओवादी प्रदेश सांसद रहबर अन्सारी बताउँछन् । त्यसै रणनीति अनुरुप केही पहल भए पनि केन्द्रले प्रक्रिया अघि नबढाउन र यही सरकारलाई तत्कालका लागि निरन्तरता दिन भनेपछि सरकार परिवर्तनको प्रयास थन्किएको उनको भनाइ छ ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब