बैँक र माफियाको मिलोमतोमा विक्री गरको धितो जमिन फिर्ता गर्न व्यसायीको अल्टिमेटम

  • वैशाख ३१, २०८१ | ५१७ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, ३१ बैशाख। एनआईसी एसीया बैंक, गोलबजार शाखाका तत्कालिन प्रमुख तेज प्रसाद पोखरेलले माफिया र विचौलियाको प्रभावमा व्यवसायीलाई गुमड्हामा पारेर धितो जग्गा कौडिको भाउमा बेचेको भन्दै आपत्ति जनाएको छ। गोलबजार नगरपालिका ४ का आरके ट्रेडर्स, कृष्ण अटो मोवाई तथा निजी कर्जा लिएका व्यसायी दुर्गेस कुमार साहलाई गुमराहमा पारेर कडोरौं मूल्यको धितो बापतकको जग्गा लिलाम विक्रिगरेको प्रति उद्योग व्यापार संघ गोलबजारको ध्यानाकर्षण भएको हो।

व्यसायीलाई थाहै नदिई बंैकले निश्चित विचौलियाको प्रलोभनमा परी निलामी बिक्रि गरेको हुँदा यस संघको गम्भिर ध्यानाकर्षण र आपत्ति रहेको भन्दै संघका अध्यक्ष विजय कुमार साहसहितको व्यसायीहरुको समूहले बैंकको गोलबजार शाखालाई ध्यानाकर्षणपत्र बुझाएको छ।

व्यसायीहरुले बुझाएको ध्यानार्षण पत्रमा ‘बैंकले यथासिघ्र विक्रिगरेको जग्गाहरु आफ्नो नाममा ल्याई ऋणीसँग सवा व्याज लिई जग्गा फिर्ता गरी दिनु हुन विनम्र अनुरोध गर्दछौं। साथै हाम्रा माँगहरुलाई बेवास्ता गरेको खण्डमा हामी सम्पूर्ण व्यसायीहरु चरणबद्ध आन्दोलन गर्न बाध्य हुने छौं।’ भन्ने उल्लेख गरिएको छ।

‘व्यसायीहरुले आन्दोलनको क्रममा हुने घटनाको सम्पूर्ण जिम्मेवारी एनआईसी एसिया बैंक नै हुने छ।’ व्यसायीले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख गरेको छ।

‘विगत देखि नै यस संघले पटक पटक ज्ञापन पत्र मार्फत बैंकहरुलाई मन्दीको समयमा व्यवसायीहरुको अवस्थालाई मध्येनजर गर्दै बैंकहरुले लचकता अपनाउन र उद्योग व्यापार संघ, ऋणी तथा बैंकका प्रतिनिधीहरु कम्तीमा एक पटक बसेर छलफल गरी समस्याको समाधान खोज्न अनुरोध गर्दै आएका छौं; ध्यानाकर्षण पत्रमा ‘तर, बैंकका प्रवन्धकले माफिया र बिचौलियाहरुसँगको मिलेमत्तोमा व्यसायीको सम्पतिमाथि आँखा लगाउँदै हाइवेको बढी मूल्य भएको जग्गा न्यूनतम दर रेटमा बेचेको (लिलाम) गरेको यस संघको स्पस्ट धारणा रहेको छ।’ उल्लेख गरिएको छ।

सो जग्गामध्येय पूर्व पश्चिम राजमार्गसँगै जोडिएको करोडौं मूल्यको जग्गा काठमाडौं ११ का पूजा पोखरेल नाममा गएको छ। उनी तत्कालिन शाखा प्रमुख पोखरेलको आफन्त भएको बताइन्छ। त्यसैगरी, अर्को सहायक सडकसँग जोडिएको जग्गा सिरहा नगरपालिकाका महावीर महतो सुडीको नाममा गएको छ। उनी गोलबजारका एक व्यसायीको आफन्त रहेको बताइन्छ।

ऋणीले बैंकलाई पटक–पटक मैले तिरेको व्याज रकमको विवरण (स्टेटमेन्ट) माँगदा पनि शाखा प्रवन्धकले बेवास्ता गरेकोले पनि कर्मचारीको मनसाय प्रष्ट भएको व्यसायीहरुको कथन छ।

यति सम्मकी व्यक्तिको क्रेडिट कार्ड जानकारी विना नै प्रवाह गरी त्यसबाट आफूखुसी रकम चलाएर तत्कालिन प्रमुख पोखरेलले बैंकिङ्ग कसुर गरेको संघको ठकर रहेको बताएको छ।
ऋणी दुर्गेस कुमार साहले आफ्नो जग्गा बेचेर बैंकको ऋण तिर्न खोज्दा पनि बैंक र बिचौलिया मिलेर जग्गा बेच्न नदिएको र उल्टै धमकाउदै ऋणीलाई निरुत्साहित गरेको जस्ता जघन्य क्रियाकलाप त्यस शाखाबाट भएको ध्यानाकर्षण पत्रमा उल्लखे गरेको छ।

ऋणी साह नियमित बैंकको सम्पर्कमा रहदै आएको र २०७९ माघसम्म नियमित व्याज बुझाउँदै आएको छ। तर, उनलाई ढाट् छलगर्दै कुनै जानकारी नगराई सो जग्गा कौडीको भाउमा कमीशन खाई आफ्नो आशेपासेका व्यक्तिलाई विक्रि (लिलामी) गराएको प्रति यस संघको गम्भिर ध्यानाकर्षण भएको छ।

मिर्चैयाबाट भरुवा कन्दुक बरामद

सिरहा प्रहरीले मिर्चैयाको जङ्गलक्षेत्रबाट वेवारीसे अवस् ...

सशस्त्र प्रहरीमा खुल्यो ठूलो संख्यामा भर्ना

सशस्त्र प्रहरीले ठूलो संख्यामा नयाँ जनशक्ति भर्ना खोलेक ...

आमा सुरक्षा कार्यक्रमको धज्जी उडाइयो

प्रत्येक नागरिकको स्वास्थ्य सेवामा सामान पहुँच र निशुल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब