हत्यामा संलग्न अभियुक्त पक्राउ

  • वैशाख ३१, २०८१ | ५७३ पटक पढिएको | सीमा संदेश

सप्तरीको सप्तकोशी नगरपालिका–१, फत्तेपुरस्थित नेपाल बैङ्क लिमिटेडका सुरक्षागार्ड परशुराम फुयाँलको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले हत्या आरोपमा पक्राउ परेका सप्तकोशी नगरपालिका–५, गंगाजलीका ३२ वर्षीय चन्द्रबहादुर सुवेदीलाई आइतबार सार्वजनिक गरिएको छ । सुवेदीलाई जिल्ला प्रहरी कार्यालय चितवनको सहयोगमा राप्ती नगरपालिका वडा नम्बर १ लोथर चितवनबाट शनिबार पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी डिएसपी ढुण्डिराज न्यौपानेले बताए । उनका अनुसार तालिम प्राप्त कुकुर सहितको मधेश प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सप्तरीको संयुक्त अनुसन्धान टोलीले बैंकमा रहेको सिसिटिभी फुटेजको अध्ययन विश्लेषण गरी उक्त घटनामा सुवेदीको संलग्नता देखिएकोले नियन्त्रणमा लिएको बताए । उनले अभियुक्त सुवेदीको साथबाट घटनामा प्रयोग भएको खुकुरी, घटनाको समयमा बोकेको झोला, लगाएको जुत्ता, पन्जा, सेन्डो, टोपी, सल र वरदात स्थलमा प्रयोग भएको काठ समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी डिएसपी न्यौपानेले बताए । सप्तकोशी नगरपालिका–२, सिद्धिपुरका ५६ वर्षीय फुयाँल बिहीबार बिहान बैङ्कमै मृत फेला परेका थिए । उनको खुकुरी प्रहार गरी हत्या गरिएको सप्तरी प्रहरीले यसअघि नै खुलाइसकेका थिए ।

नेपाली सेनाबाट सेवा निवृत्त भएपछि विगत ८ वर्षदेखि निरन्तर सुरक्षा गार्ड रहेका उनको शरीरमा खुकुरी प्रहार गरेको चोट र शवको वरिपरी रगतका टाटा फेला परेको थियो । उनी बैङ्क सुरक्षागार्ड कक्षमै मृत अवस्थामा फेला परेका थिए । फुयाँलको लुटेर ासँग निकैबेर मुठभेड भएको सिसिटिभी फुटेजमा देखिएको बैङ्कले जनाएको छ । फुयाँलको हत्या गरी बैङ्कबाट चोरी गर्ने प्रयास भने सफल नभएको बैङ्कले जनाएको छ । मृतक फुयाँलका श्रीमती २ छोरा र २ छोरी छन्

। सप्तरी प्रहरीका अनुसार घटनाको प्रारम्भिक अनुसन्धानबाट गार्डको धारिलो हतियार प्रयोग गरेर हत्या भएको देखिएकोले सो घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब