धनुषा र महोत्तरीको पुल र सडकमा यथेष्ट बजेट

  • असार ४, २०८१ | ४०० पटक पढिएको | सीमा संदेश
alt

नेकपा एमालेबाट संघीय सरकारमा नेतृत्व गरिरहेका उपप्रधान एवं भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठले पूर्वाधार निर्माणमा उपेक्षित रहेको धनुषा र महोत्तरी जिल्लाको पुल र सडक निर्माणमा यथेष्ट बजेट विनियोजन गरेका छन् ।

आगामी आर्थिक वर्ष २०८१/०८२ मा भौतिक पूर्वाधारका प्रशस्त ठूला, साना सडक र पुल निर्माणका लागि बजेट विनियोजन गरिएको छ । मन्त्री महासेठको गृह जिल्ला धनुषा र छिमेकी जिल्लामा सडक र पुलको कारण विकासमा पछाडी परेको छ । पहिलो पटक उनले धनुषा र महोत्तरी जिल्लाको पूर्वाधार निर्माणका लागि यथेष्ट बजेट राख्न सफल भएका छन् ।

भौतिक पूर्वाधार मन्त्रालयको रातो किताबमा रहेका योजनाहरु मध्ये झण्डै ९ अर्ब रुपैयाँको सडक र पुल निर्माणको काम धनुषा र महोत्तरीमा हुनेछ । यो रकम मधेश प्रदेशको पुँजीगत बजेटको झण्डै ४० प्रतिशत रहेको छ । वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम, स्थानीय सडक पुल कार्यक्रम र रणनीतिक सडक पुल निर्माण तथा पुलेसा संरक्षण कार्यक्रमबाट धनुषा र महोत्तरीमा स्थानीय सडक, पुल र पुलेसामा आवश्यक बजेट मन्त्री महासेठले विनियोजन गराएका छन् ।

विगतमा पनि महासेठ भौतिक पूर्वाधार मन्त्री भएको बेला धनुषा–महोत्तरी जिल्लामा सडक र पुलमा बजेट राखेका थिए । तर यस पटक उनले अधिकांश योजनाहरुमा बजेट बिनियोजन गराएका छन् । धनुषा र महोत्तरीमा सडक र पुलमा अत्यधिक बजेट विनियोजन भएको रातो किताब सार्वजनिक भएपछि विभिन्न दलका नेताहरुले मन्त्री महासेठको आलोचना गर्न थालेका छन् । उनी मन्त्री रहेको मन्त्रालय बाहेकका मन्त्रालयहरुको विकास निर्माणको उपेक्षामा नै धनुषा र महोत्तरी लगायत मधेशका जिल्लाहरु रहेका छन् ।

जेन जी सरकारको प्रतिवद्धता नपत्याएका स्थानीयले कमल

पूर्व–पश्चिम हुलाकी सडकखण्डको सिराहा र धनुषा जोड् ...

गोवामा नाइट क्लबमा सिलिण्डर पड्किएर आगो लाग्दा २३

भारत गोवामा नाइट क्लबमा सिलिण्डर पड्किँदा २३ जनाको मृत् ...

मंसिर २१ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८२ साल मंसिर २१ गते । आइतबार । इ ...

मधेश प्रदेश सरकारमा जसपाको सभामुख, भौतिक मन्त्रालय

सात दलीय गठबन्धनमा मुख्यमन्त्री र सभामुख पदका लागि लोकत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब