काठमाडौं जाँदै गरेको दुईवटा बस त्रिशूलीमा खस्यो, ६५ यात्रु बेपत्ता, बस खोज्न सशस्त्र प्रहरीका ७ जना गोताखोरसहित ७० जना परिचालन

  • असार २८, २०८१ | ३६६ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौंबाट गौर र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको दुईवटा बस त्रिशूली नदीमा खस्दा ६५ यात्रु बेपत्ता भएका छन् । नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका २९ सिमताल भन्ने स्थानमा बिहान साढे ३ बजेतिर लेदोसहितको पहिरो पर्दा दुबै बस त्रिशूली नदीमा खसेको हो । दुबै बसमा चालकसहित करिब ६५ यात्रु रहेको प्रहरीले जनाएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३,००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस खसेको हो ।

गौर आउँदै गरेको बसमा ४१ र काठमाडौं जाँदै गरेको बसमा २४ जना यात्रु सबार रहेको अनुमान छ । यद्यपि यात्रुहरुको एकिन विवरण भने थाहा हुन सकेको छैन ।

त्रिशूलीले बसलाई बगाएर घटनास्थलभन्दा केही तल पाखा लगाएको छ ।

खसेका दुबै बसको यात्रुको उद्धार तथा खोजी कार्यका लागि घटनास्थलमा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरेर सयौँ सुरक्षाकर्मी खटिएका छन् ।

‘दुबै बसमा गरेर झण्डै ६५ जना यात्रु सवार रहेको अनुमान हामीले गरेका छौँ,’ चितवनका प्रहरी प्रवक्ता डिएसपी भेषराज रिजालले भने, ‘एउटा बसमा ४१ जना र अर्को बसमा २४ जना रहेका प्रारम्भिक जानकारी आएको छ।’

गौर आउँदै गरेको बसको झ्यालबाट भने तीन यात्रुले हाम फालेर ज्यान जोगाउन सफल भएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोर सहितको फौज घटनास्थलमा पुगी उद्धार कार्य सुरु गरेको छ । 

उक्त स्थानमा  सशस्त्र प्रहरी बल नेपाल  १७ गण चितवनबाट ४५ जना र विपद् व्यवस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोर सहित २५ जना परिचालन भएको सशस्त्र प्रहरीका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । 

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब