प्रधानमन्त्रीको शपथ ग्रहण आज

  • असार ३१, २०८१ | ४७८ पटक पढिएको | सीमा संदेश
alt

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेका छन् । ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।

नेपाली कांग्रेस र एमालको गठबन्धनबाट शुक्रबार राष्ट्रपति पौडेलसमक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न दाबी पेस गरेका थिए । शुक्रबार पुष्पकमल दाहाल प्रचण्ड संसदबाट विश्वासको मत पाउन असमर्थ भएका थिए । त्यसपछि राष्ट्रपति पौडेलले आइतबार साँझ ५ बजेसम्मको समयसीमा निर्धारण गरी सरकार बनाउने दाबी पेस गर्न आह्वान गरेका थिए ।

राष्ट्रपतिको आह्वानपछि कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओली राष्ट्रपति भवन शीतल निवास पुगेर दाबी पेस गरेका थिए । ओलीले पद तथा गोपनीयताको शपथग्रहण भने सोमबार बिहान ११ बजे गर्ने तय भएको छ । सोमबार नै नवनियुक्त प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पनि गठन गर्ने भएका छन् ।

यो ओलीको चौथो कार्यकाल हुनेछ । यसअघि ओली २०७२ मा पहिलोपटक प्रधानमन्त्री बनेका थिए । त्यसपछि २०७४ मा आमचुनावपछि प्रधानमन्त्री २०७८ मा बनेका थिए । ओलीका यसअघिका कार्यकाल केही सफल र विवादास्पद पनि बन्यो । दोस्रो र तेस्रो कार्यकालमा गरी ओलीले दुईपटक संसद विघटन गरे पनि सर्वोच्च अदालतले बदर गरिदिएको थियो । उनकै दोस्रो कार्यकालमा देशको नयाँ नक्सा पनि जारी भएको थियो । ओलीले शपथ लिए लगत्तै उपप्रधानमन्त्रीहरुमा कांग्रेसबाट प्रकाशमान सिंह र एमालेबाट विष्णुप्रसाद पौडेलले मन्त्रीको शपथ लिने स्रोत दाबी छ ।

पौडेलले अर्थ मन्त्रालय पाउने यसअघि नै पार्टीबाट निर्णय भइसेको छ भने कांग्रेसले अझैसम्म पनि औचापरिक निर्णय सार्वजनिक गरेको छैन । स्रोतका अनुसार नवनियुक्त प्रधानमन्त्री ओलीले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिवहरु योगेश भट्टराई र छविलाल विश्वकर्मालाई मन्त्री बनाउने भएका छन् । सचिवालय बैठकबाट योग्य र अनुभवीलाई मन्त्री बनाउने मापदण्ड बनाएकाले वरिष्ठताको आधारमा नै नेताहरुमध्ये गुरुङ, भट्टराई र विश्कर्मालाई मन्त्री बन्ने सूचीमा परेका छन् ।

त्यस्तै पूर्वमन्त्रीहरु जुलीकुमारी महतो र कृष्णगोपाल श्रेष्ठ पनि मन्त्री बन्ने नेताहरुको सूचीमा रहेको स्रोतको भनाइ छ । महतो र श्रेष्ठ यसअघि अघिल्लो कार्यकालमा ओली प्रधानमन्त्री हुँदा पनि मन्त्री थिए । कास्कीकी विद्या भट्टराईलाई मन्त्री बनाउने ओलीले तयारी गरेको एमाले स्रोतले जनाएको छ । सत्ता साझेदारी दल कांग्रेस– एमाले गठबन्धनले मन्त्रालय भागवण्डासमेत टुंग्याएको छ ।

उच्च स्रोतका अनुसार एमालेले अर्थ, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने भएको छ । त्यस्तै कांग्रेसले गृह, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास, स्वास्थ्य तथा जनसंख्या, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, वन तथा वातावरण र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय पाउने भएको स्रोतको दाबी छ ।

मन्त्रालय भागबण्डा टुंगिए पनि मन्त्रीहरुको नाम भने टुंगो लगाउनका लागि सत्ता साझेदरी दलहरु बीच आन्तरिक छलफल जारी रहेको छ । सोमबार बिहानसम्म मन्त्रीहरुको नाम टुंगो लगाउने दुई दलको तयारी रहेको स्रोतको भनाइ छ ।

oli

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब