बाइडेनलाई फोन गरेर पेलोसीले भनिन्– ट्रम्पलाई हराउन गाह्रो छ

  • साउन ४, २०८१ | ३५६ पटक पढिएको | सीमा संदेश
alt

वासिङ्टन–अमेरिकाकी पूर्वसभामुख न्यान्सी पेलोसीले अमेरिकी राष्ट्रपति चुनावमा जो बाइडेनले डोनाल्ड ट्रम्पलाई हराउन गाह्रो हुनेतर्फ सचेत गराएकी छिन् । 

पेलोसीले राष्ट्रपति बाइडेन फोन गरेर यस्तो सचेत गराएको चार स्रोतलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ 

नोभेम्बरमा हुन गइरहेको निर्वाचनमा बाइडेन दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित हुन प्रयास गरिरहँदा उनकै दल डेमोक्रेटिक पार्टीकी सदस्य पेलोसीको यस्तो भनाइ आएको हो । 

यद्यपि राष्ट्रपति बाइडेनले भने उनको भनाइ अस्वीकार गर्दै आफूले जित्नसक्ने आधारसहितको सर्वेक्षण देखाएको एक स्रोतले उल्लेख गरेको छ ।

अर्कोतिर पेलोसीले बाइडेनका लामो समयका सल्लाहकार माइक डोनिलोनलाई पनि तथ्यांकमा रहेर जित्ने दाबी गर्न आग्रह गरेको बताइएको छ । 

‘चुनाव लड्ने वा नलड्ने भन्ने निर्णय राष्ट्रपतिमा निर्भर छ,’ गत साता एक अन्तर्वार्तामा पेलोसीले भनेकी थिइन्, ‘समय छोटो भएकाले हामी सबैले उहाँलाई सचेत गराइरहेका र प्रोत्साहित गरिरहेका छौँ ।’

सीएनएनको रिपोर्टअनुसार अर्को स्रोतले बाइडेनलाई निर्वाचनका बारेमा रक्षात्मक बनाएको छ । 

गत साता पूर्वराष्ट्रपति बाराक ओबामा र पेलोसीले ट्रम्पविरुद्ध बाइडेनको सम्भावनामा बढ्दो ‘कठिनाइ’माथि प्रकाश पार्दै उनको २०२४ अभियानबारे चिन्ता व्यक्त गरेका थिए । 

यतिबेला राष्ट्रपति​ बाइडेनको दल डेमोक्रेटिक पार्टीभित्र आन्तरिक कलह छ । यसको अन्त्य गर्दै रिपब्लिकन पार्टीका उम्मेदवार पूर्वराष्ट्रपति ट्रम्पलाई हराउन बाइडेनमाथि चुनौती थपिएको छ ।

सुकदेव सिंहले एमाले पार्टी परित्यागको घोषणा

नेकपा एमालेका जिल्ला समिति सदस्य सुकदेव सिंहले पार्टीको ...

फर्जी यौन दुर्व्यवहारको आरोप स्वीकार गरेपछि विवादम

भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस ११’ की ...

भारत भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री खनाल आगा

छिमेकी मुलुक भारतको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी ...

रास्वपा सिरहामा नेतृत्वका लागि आजै निर्वाचन प्रक्र

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाको प् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब