बाइडेनलाई फोन गरेर पेलोसीले भनिन्– ट्रम्पलाई हराउन गाह्रो छ

  • साउन ४, २०८१ | ४११ पटक पढिएको | सीमा संदेश
alt

वासिङ्टन–अमेरिकाकी पूर्वसभामुख न्यान्सी पेलोसीले अमेरिकी राष्ट्रपति चुनावमा जो बाइडेनले डोनाल्ड ट्रम्पलाई हराउन गाह्रो हुनेतर्फ सचेत गराएकी छिन् । 

पेलोसीले राष्ट्रपति बाइडेन फोन गरेर यस्तो सचेत गराएको चार स्रोतलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ 

नोभेम्बरमा हुन गइरहेको निर्वाचनमा बाइडेन दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित हुन प्रयास गरिरहँदा उनकै दल डेमोक्रेटिक पार्टीकी सदस्य पेलोसीको यस्तो भनाइ आएको हो । 

यद्यपि राष्ट्रपति बाइडेनले भने उनको भनाइ अस्वीकार गर्दै आफूले जित्नसक्ने आधारसहितको सर्वेक्षण देखाएको एक स्रोतले उल्लेख गरेको छ ।

अर्कोतिर पेलोसीले बाइडेनका लामो समयका सल्लाहकार माइक डोनिलोनलाई पनि तथ्यांकमा रहेर जित्ने दाबी गर्न आग्रह गरेको बताइएको छ । 

‘चुनाव लड्ने वा नलड्ने भन्ने निर्णय राष्ट्रपतिमा निर्भर छ,’ गत साता एक अन्तर्वार्तामा पेलोसीले भनेकी थिइन्, ‘समय छोटो भएकाले हामी सबैले उहाँलाई सचेत गराइरहेका र प्रोत्साहित गरिरहेका छौँ ।’

सीएनएनको रिपोर्टअनुसार अर्को स्रोतले बाइडेनलाई निर्वाचनका बारेमा रक्षात्मक बनाएको छ । 

गत साता पूर्वराष्ट्रपति बाराक ओबामा र पेलोसीले ट्रम्पविरुद्ध बाइडेनको सम्भावनामा बढ्दो ‘कठिनाइ’माथि प्रकाश पार्दै उनको २०२४ अभियानबारे चिन्ता व्यक्त गरेका थिए । 

यतिबेला राष्ट्रपति​ बाइडेनको दल डेमोक्रेटिक पार्टीभित्र आन्तरिक कलह छ । यसको अन्त्य गर्दै रिपब्लिकन पार्टीका उम्मेदवार पूर्वराष्ट्रपति ट्रम्पलाई हराउन बाइडेनमाथि चुनौती थपिएको छ ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब