एक वर्षमा ५ सय २० जना राष्ट्रसेवकमाथि भ्रष्टाचार मुद्दा

  • साउन १३, २०८१ | ५१९ पटक पढिएको | सीमा संदेश
alt

–बढी भ्रष्टाचार अधिकृत स्तरका कर्मचारीबाट
–नीतिगत भ्रष्टाचारमा पनि छानबिन गर्नुपर्न
–उच्च पदस्थको अकुत सम्पत्ति खोज्नुपर्न

राष्ट्रसेवकको दर्जामा रहेका निजामती कर्मचारीहरूमा भ्रष्ट प्रवृत्ति रोकिन सकेको छैन। सुशासन दिने, देश र जनताको काम इमान्दारितापूर्वक गर्ने शपथ खाएका राष्ट्रसेवकहरू धमाधम भ्रष्टाचार काण्डमा मुछिने क्रम बढेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष २०८०/८१ मा मात्रै विभिन्न दर्जा र सेवा समूहका गरी ५ सय २० जना कर्मचारीले भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ। आम कर्मचारीले नारा र बोलीमा सुशासनका मीठामीठा गफ हाँक्ने भए पनि व्यवहारमा भने उल्टो गर्दै भ्रष्टाचारमा लिप्त हुने क्रम घट्नुको साटो बढेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सूचना अधिकारी देवीप्रसाद थपलियाका अनुसार विगत एक वर्षमा विभिन्न भ्रष्टाचार प्रकरणमा सहभागी भएका ५ सय २० जना कर्मचारीमाथि भ्रष्टाचार मुद्दा दायर गरिएको छ। जसमा सबैभन्दा बढी शाखाअधिकृत तहका १ सय ६७ जना रहेका छन्।

अख्तियारले गत आवमा निजामती प्रशासनको सर्वोच्च पदमा रहेका मुख्य सचिवविरुद्ध नै पहिलोपटक भ्रष्टाचार मुद्दा दायर गरेको थियो। मुख्य सचिवलगायत अन्य १२ जना विशिष्ट श्रेणीका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। मुख्य सचिवमाथि नै भ्रष्टाचार मुद्दा दायर गरिएपछि निजामती प्रशासन थप बदनाम बन्न पुगेको छ।

अख्तियारले गत वर्ष सहसचिवस्तरका २५, उपसचिवस्तरका ७२, लेखापाल ५४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। यसै गरी भ्रष्टाचार मुद्दा दायर गरिएकामा नायब सुुब्बास्तरका १४४, खरिदार स्तरका ३१, जुनियर कर्मचारी १३ र कार्यालय सहयोगी २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको थियो। भ्रष्टाचार मुद्दा दायर गरिएकाहरूमा सबैभन्दा बढी प्रशासन सेवाका २ सय ४६ जना रहेका छन्।

यसै गरी प्राविधिक सेवाका १ सय २ र अन्य सेवा समूहका १ सय ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। गत वर्ष भ्रष्टाचार मुद्दा दायर गरिएकाहरूमा शिक्षक ३१, नेपाल प्रहरीका ८ र सशस्त्र प्रहरीका १ जना रहेका छन् । विज्ञहरूका अनुसार सरकारका उच्च पदस्थ कतिपय कर्मचारीले नीतिगत भ्रष्टाचारमा समेत संलग्न भएर अकुत सम्पत्ति आर्जन गरेका छन्। त्यसैले अख्तियारले त्यस्ता कर्मचारीको पहिचान गरी अकुत सम्पत्तिमा छानबिन गर्नुपर्ने विज्ञहरूको सुझाव छ।

भ्रष्टाचारमा संलग्न कुन तहका कर्मचारी कति ?
विशिष्ट श्रेणी : १२
सहसचिव वा सो सरह : २५
उपसचिव वा सो सरह : ७२
शाखा अधिकृत वा सोसरह : १६७
लेखापाल : ५४
नासु वा सोसरह : १४४
खरिदार वा सोसरह : ३१
जुनियर कर्मचारी : १३
कार्यालय सहयोगी : २

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब