सामूहिक बलात्कारको आरोपमा ३ विद्यार्थी पक्राउ

  • साउन १८, २०८१ | २६७ पटक पढिएको | सीमा संदेश
alt

चितवनको माडी नगरपालिकामा मानसिक समस्या भएकी एक महिलालाई बलात्कार गरेको आरोपमा ३ जना विद्यार्थीहरु पक्राउ परेका छन् ।

माडी नगरपालिका– ७ किर्तनपुर नजिकै एक २७ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा ३ जना विद्यार्थीहरुलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय माडीका प्रमुख केदारमान दोङले जानकारी दिए ।

पक्राउ परेका विद्यार्थीहरु चितवन बाहिरका जिल्लाबाट पढ्न माडी आएर बसेका १७, १८ र २१ वर्ष उमेरका छन् ।

माडीको एक प्राविधिक शिक्षालयमा अध्ययनरत ती विद्यार्थीहरुले डेरा लिएर बसेको घरको कोठामा महिलालाई ल्याएर बलात्कार गरेको आरोप छ ।

आरोपीहरुलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर राखिएको छ । उनीहरु विरुद्ध मुद्दा दर्ता भएर म्याद थप भई थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

देशभर गर्मी बढ्यो : पश्चिम तराईमा ४० डिग्री नाघ्यो

वर्षाका गतिविधि रोकिएसँगै देशभर गर्मी बढेको छ । पश्चिम ...

मधेशः लागूऔषध गाँजा तस्करको ‘हब’

मधेश प्रदेशमा लागूऔषध गाँजा तस्करको ट्रान्जिट प्वाइन्ट ...

जम्मुकम्मीर आतंकवादी हमलामा एक नेपालीको मृत्यु, छा

 भारत नियन्त्रणको काश्मिर क्षेत्रमा मंगलबार आतंकका ...

वैशाख १० गते बुधबार, यस्ताे छ तपाईँकाे राशिफल

आज विक्रम संवत २०८२ साल वैसाख १० गते, बुधबार । ईश्वी सन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब