नेपालमा बालबालिकाको सङ्ख्या ९८ लाख ७० हजार, बालिका ३ लाख ५९ हजारले कम

  • साउन २५, २०८१ | ३६३ पटक पढिएको | सीमा संदेश
alt

 नेपालमा बालबालिकाको सङ्ख्या ९८ लाख ६९ हजार पाँच सय ८३ रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।

राष्ट्रिय जनगणना २०७८ को कुल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ जनामध्ये बालक ५१ लाख १४ हजार पाँच सय पाँच र बालिका ४७ लाख ५५ हजार ७८ रहेको तथ्याङ्कमा उल्लेख छ ।

यो जन्मदेखि १८ वर्षसम्मको उमेर हो । यसमा बालकभन्दा बालिकाको सङ्ख्या तीन लाख ५९ हजार चार सय २७ ले कम छ । समग्रमा २०५८ देखि २०६८ सालसम्मको तुलनामा २०६८ देखि २०७८ सालसम्ममा झन्डै १२ लाखको सङ्ख्यामा कम बालबालिका जन्मेका छन् ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणना २०७८ को बालबालिकासम्बन्धी तथ्याङ्कीय प्रतिवेदन आज सार्वजनिक गरेको हो । तथ्याङ्क कार्यालयका प्रवक्ता एवम् उपप्रमुख हेमराज रेग्मीका अनुसार पछिल्लो दशकमा बालबालिकाको जनसङ्ख्या वृद्धिदर ऋणात्मक छ ।

उहाँका अनुसार बालबालिकाको जन्म घट्दै जानु भविष्यका लागि समस्या हुन सक्छ । यसरी बालबालिकासम्बन्धी प्रतिवेदन तयार गर्नुको उद्देश्य बालबालिकाको पारिवारिक अवस्थाको अध्ययन, राष्ट्रिय, प्रादेशिक, जिल्लागत र कुनै कुनै सवालहरूमा पालिकासम्मको अवस्थाको पहिचान गर्न, बालबालिकाको शिक्षा, स्वास्थ्य, विवाह, बसाइँसराइ, अपाङ्गता, पारिवारिक जिम्मेवारी जस्ता सरोकारका विषयको विश्लेषण गर्नु लगायत रहेको कार्यालयले जनाएको छ ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब