काठमाडौँ। । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को निर्णय लिक नगर्न मन्त्रीहरूलाई कडा निर्देशन दिएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले सो निर्देशन दिएका हुन् ।
उनले निर्णय सार्वजनिक गर्ने जिम्मेवारी सरकारको प्रवक्तालाई रहेको भन्दै अन्य मन्त्रीलाई जथाभाबी मिडियालाई निर्णय नटिपाउन कडा निर्देशन दिएका हुन्। निर्णय बाहिर नलैजान आचारसंहिता नै बनेको एक मन्त्रीले मिडियालाई बताए ।
‘क्याबिनेटको निर्णय बाहिर नलैजान आचारसंहिता नै बनेको छ। अब निर्णय प्रवक्ताबाटै आउँछ। निर्णयबारे सूचनाका लागि फोन नगर्दा हुन्छ’ उनले भने । उसो त मन्त्रिपरिषद्को पहिलो बैठकमै सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले नियमअनुसार मन्त्रिपरिषद्को निर्णय २४ घण्टापछि मात्रै सार्वजनिक गर्ने बताएका थिए।
Copyright © 2020 / 2024 - Seema Sandesh Daily.com All rights reserved