मुख्यमन्त्री सिंहद्वारा अबेर राति प्रादेशिक अस्पतालको निरीक्षण

  • भदौ ९, २०८१ | २७९ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शनिवार अबेर राति जनकपुरधामस्थित प्रादेशिक अस्पतालको निरीक्षण गरेका छन् ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत प्रादेशिक अस्पताल सञ्चालनमा छ । अस्पतालका चिकित्सकले बिरामीको उपचारमा ढिलासुस्ती र हेलचेक्र्याइँ गरिरहेको गुनासा आएपछि मुख्यमन्त्री सिंहले शनिवार राति ११ बजे निरीक्षण गर्न पुगे ।

अस्पतालका आकस्मिक कक्ष, प्रसूति गृह, अतिसघनसहितका कक्ष मुख्यमन्त्री सिंहले निरीक्षण गरे । ड्युटीमा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीसँग अस्पतालमा कार्यरत जनशक्तिको सङ्ख्या र कार्यविभाजन, काम गर्ने अवधि, ड्युटीमा नियमितता आदिका बारेमा उनले जानकारी लिएका छन् ।

रातका समयमा मुख्यमन्त्री सिंह अस्पतालको निरीक्षणमा पुग्दा बिरामी तथा कुरुवाहरू चकित परेका थिए । उनीहरूसँग मुख्यमन्त्री सिंहले अस्पतालको समस्याबारे सोधपुछ गरे । कुरुवाहरूले रातका समयमा डाक्टर नबस्ने गरेको, ड्यूटीमा खटेका स्वास्थ्यकर्मीले कुनै कुरा सोध्दा बेवास्ता गर्ने गरेको र फार्मेसीमा औषधि नपाउने गरेको गुनासा गरेका थिए ।

मुख्यमन्त्री सिंहसमक्ष कुरुवाहरू गुनासो गरिरहेकै बेला प्रतिष्ठानका रजिस्ट्रार विनोदकुमार यादव पुगे । त्यस क्रममा मुख्यमन्त्री सिंहले कुरुवाहरूले गरेको गुनासोको सम्बोधन गर्न रजिस्ट्रार यादवलाई निर्देशन दिए ।

उनले अस्पतालमा कार्यरत जनशक्तिलाई तोकिएको समयसम्म नियमित र तत्परताका साथ काम गर्न समेत निर्देशन दिए । उनले ड्युटी कक्षमा कामका लागि निर्धारित संख्या र समयावधिमा चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारी नियमित खटिनुपर्ने र बिरामीको उपचारमा कुनै किसिमको लापरबाही भए सम्बन्धित कर्मचारी कारबाही भोग्नुपर्ने चेतावनी समेत दिए ।

मुख्यमन्त्री सिंहले अस्पताल परिसरमा सञ्चालित सरकारी फार्मेसीमा सूचीअनुसार आवश्यक र उचित औषधि राख्न सम्बन्धित कर्मचारीलाई निर्देशन दिए ।

उनले भने, ‘हामीले के गर्नुपर्छ गर्छौं । तर बिरामीको उपचार सहज र सुलभ हुनुपर्छ ।’

उनले अस्पतालमा बिरामीको चापमा अत्यधिक वृद्धि भइरहेका बेला भौतिक पूर्वाधार, उपकरण र जनशक्ति थपिँदै गएको उल्लेख गरे । अस्पतालमा विद्यमान समस्या समाधान गर्दै त्यहाँ उपलब्ध सेवासुविधा उन्नत बनाउन र विविधिकरण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उनको भनाई छ ।

गृहमन्त्री लेखकले गरे भ्रष्टाचारबाट आर्जित सम्पत्त

गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत् ...

आजको मौसम: कोशी र मधेसमा हुरीबतासको सम्भावना

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वाय ...

कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले&n ...

चैत्र ४ गते सोमबार, यस्ताे छ तपाईँकाे राशिफल

आज विक्रम संवत २०८१ साल चैत्र ४ गते, सोमबार । ईश्वी सन् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब