महोत्तरीको बर्दिबास-जलेश्वर सडकखण्डमा रामगोपालपुर नगरपालिका २ का वडाध्यक्ष मुकेश यादव मृत फेला परेका छन् ।
घटनास्थल बर्दिबास नगरपालिका ८ मा पर्छ । वडाध्यक्ष यादवको शव भेटिएपछि अहिले बर्दिबास-जलेश्वर सडक अबरुद्ध बनेको छ । स्थानीयको भीड लागेको छ । डिएसपी जयसवाल नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेका छन् ।
घटना शंकास्पद रहेको प्रत्यक्षदर्शीहरू बताउँछन् । डिएसपी जयसवालले भने, ‘अहिले तत्काल केहि भन्न सक्दिनँ । हामी अनुसन्धान गरिरहेका छौं ।’
Copyright © 2020 / 2024 - Seema Sandesh Daily.com All rights reserved