अवैध शिकारीले मारेको बँदेलको पोस्टमार्टम

  • भदौ १७, २०८१ | २२२ पटक पढिएको | सीमा संदेश
alt

अवैध शिकारी गर्नेहरूले मारेको बँदेललाई गाडिएको खाल्टोबाट चार दिनपछि पोस्टमार्टमका लागि निकालिएको छ । गत बिहीबार साँझ सब–डिभिजन वन कार्यालय कञ्चनपुर परिसरमा गाडिएको बँदेल पोस्टमार्टमका लागि आइतबार बिहान खाल्टोबाट निकालिएको छ ।

अवैध शिकारी गर्नेहरूले मारेको बँदेल पोस्टमार्टमबिना नै गाडिएको रहस्य सार्वजनिक भएपछि डिभिजन वन कार्यालय सप्तरीको निर्देशनमा गाडिएको स्थानबाट बँदेल निकालिएको छ । खाल्टोबाट निकालिएको बँदेल पोस्टमार्टमका लागि कोशी टप्पु वन्यजन्तु आरक्ष लागिएको गत भदौँ १२ गते मध्यरात सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका– १ स्थित कोशी पलार क्षेत्रबाट राइफल, गोली, मारिएको बँदेलसहित पक्राउ परेका पूर्वडीआईजी ज्ञानविक्रम शाह, बहालवाला सई सञ्जय न्यौपाने र पूर्वउपसभामुख गंगाप्रसाद यादवका छोरा आकाश बहरखेर यादवलाई उन्मुक्ति दिन कसैले नदेख्ने गरी हतार–हतारमा बँदेल गडिएको थियो ।

हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी ब्यारेज क्षेत्रबाट अवैध रूपमा बँदेल मारेर ल्याउँदै गर्दा इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक सुशान्त मिश्रको अगुवाइमा प्रहरी टोलीले हतियारसहित उनीहरूलाई नियन्त्रणमा लिएको थियो । पक्राउ पर्नेहरूमा सुनसरीको इटहरी उपमहानगरपालिका–२ घर भएका नेपाल प्रहरीका पूर्वडिआइजी ज्ञानविक्रम शाह र विराटनगर–३ घर भएका नेपाल प्रहरीका बहालवाला सई सञ्जय न्यौपाने रहेका थिए ।

त्यस्तै हनुमाननगर कंकालिनी नगरपालिका ८ घर भएका पूर्वउपसभामुख गंगाप्रसाद यादवका छोरा आकाश बहरखेर यादव, तिरहुत–२ का लक्षमण मण्डल, हनुमाननगर कंकालिनी–२ का जर्नादन राउत, इटहरी २ का प्रदीप लिम्बू, राजविराज–७ का रवीन दासलाई समेत पक्राउ गरिएको थियो । त्यस्तै हनुमाननगर कंकालनी नगरपालिका–५ का ओमशंकर प्रसैला, वडा नम्बर–१ का लक्षमण मण्डल, वडा नम्बर– ३ का शंकर खिडहरी यादवलाई पनि पक्राउ गरेको थियो । सप्तरी प्रहरीले उनीहरूको साथबाट २२ क्यालिबरको राइफल एकवटा, म्यागजिन दुई, १५ राउन्ड गोली, तीनवटा वाइनाकुलर, ट्राइपड एक, फलामको हथौडा एक, खुर्पा एक पनि बरामद गरेको जनाएको थियो ।

त्यस्तै मारिएको बदेल लोड गरिएको को २ त ६९ नम्बरको ट्रैक्टर र प्र ३ – ०१– ०२२ च ६८५५ नम्बरको स्कारपियो जिपसमेत नियन्त्रणमा लिएको थियो । सप्तरी प्रहरीका प्रहरी उपरीक्षक गजुसिद्धि बज्राचार्य र इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालको निर्देशनमा शिकारीहरूले मारेको बँदेल बेवारिसे भन्दै सब– डिभिजन वन कार्यालयमा बुझाई पक्राउ गरिएका पूर्वडिआइजी शाहसमेत १० जनालाई गत बिहीबार नै छोडिएको थियो ।

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब