प्रधानमन्त्रीलाई फेसबुकमा भ्रष्टाचारी लेख्ने युवकलाई साइबर अपराधको मुद्दा

  • भदौ १९, २०८१ | ५२ पटक पढिएको | सीमा संदेश
alt

प्रधानमन्त्री केपी ओलीलाई भ्रष्टाचारी भनेर फेसबुकमा स्टाटस लेख्ने एक युवकलाई प्रहरीले पक्राउ गरी विद्युतीय कारोबार ऐन (साइबर अपराध)को मुद्दा चलाएको छ । फेसबुकमा आलोचना गरेकै आधारमा बाजुरा खप्तड छेडेदह घर भएका २१ वर्षीय रमेशबहादुर रावलविरुद्ध प्रहरीले मुद्दा चलाएको हो । 

गत ३२ साउनमा पक्राउ परेका उनी मंगलबार जिल्ला अदालत, काठमाडौंको आदेशमा धरौटीमा छुटेका छन् । रावल सिन्धुपाल्चोकको बाह्रबिसेस्थित किस्टोन अस्पतालका कर्मचारी हुन् । बाह्रबिसे प्रहरीले उनलाई पक्राउ गरी साइबर ब्युरोलाई बुझाएकोमा ब्युरोले सोमबार सरकारी वकिल कार्यालयमार्फत मुद्दा दायर गरेको हो । 

प्रहरीका अनुुसार उनले फेसबुकमा प्रधानमन्त्री ओलीको फोटो राखेर ‘यही हो देश लुट्ने, सही हो कि गलत साथीहरू, भ्रष्टाचारकी कुलदेवी, भ्रष्टाचारका महादेव’ भनेर लेखेका थिए । त्यसविरुद्ध अजितकुमार लामाले प्रहरीमा उजुरी दिएका थिए । सोही आधारमा प्रहरीले सार्वजनिक घृणा फैलाउने काम गरेको भन्दै प्रहरीले मुद्दा दायर गरेको हो । 

पक्राउ परेका युवकले आफूलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह मन पर्ने र शाहको समर्थनमा बनाइएका पोस्टहरू आफूले सेयर गरेको बताएका छन् । यसरी फेसबुकमा आलोचना गरेकै आधारमा मुद्दा चलाइएकोमा सरकारबाट दमन भएको भन्दै युवकका आफन्तले प्रहरीप्रति असन्तुष्टि जनाएका छन् । यो घटनामा प्रहरीले असम्बन्धित व्यक्तिको जाहेरी लिएर मुद्दा चलाएको देखिन्छ । 

यसअघि गत १० भदौमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेकै आधारमा प्रहरीले तीन युवकलाई पक्राउ गरी शान्तिविरुद्धको कसुरमा मुद्दा चलाएको थियो । सर्वत्र दबाबपछि उनीहरू चौथो दिनमा जिल्ला प्रशासन कार्यालयबाट धरौटीमा छुटेका थिए । 

सेलेना कान्छी अर्बपति

विश्वचर्चित पप स्टार तथा अभिनेत्री सेलेना गोमेज अमेरिका ...

अपराधी श्रीमान् : आफ्नै पत्नीमाथि गराए ७२ जना परपु

हालैका दिनमा फ्रान्सको एउटा दर्दनाक समाचारले सनसनी मच्च ...

प्रधानमन्त्री ओलीलाई बलेनको जवाफ– 'उहिल्यै मरिन् स

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बा ...

राष्ट्रपति चुरे संरक्षणको नाममा जनकपुर कार्यालयद्व

राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रममा व्यापक अन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब