लहानको सलहेश फूलबारी नजिक डा. अम्बेडकर पार्क निर्माण गरिने

  • भदौ २०, २०८१ | ४८८ पटक पढिएको | सीमा संदेश
alt

सिरहाको लहानस्थित सलहेश फूलबारी नजिक मधेश सरकारले डा. बाबासाहेब अम्बेडकर पार्क निर्माण गर्ने भएको छ ।

पार्कका लागि स्व. देवधामी दनुवार, जितेन्द्र धामी दनुवार, इन्द्रदेव सिंह, कमलदेव सिंह र उत्तिम सिंहले संयुक्त रूपमा एक कट्ठा जग्गा दान दिएका छन् । उनीहरू सलहेश मन्दिरका पुजारीहरू हुन् ।

मधेश सरकारले आम्बेडकर पार्क निर्माण गर्न एक करोड रुपैयाँ विनियोजन गरेको छ ‌। पार्क निर्माण गर्न मुख्यमन्त्री सतिश कुमार सिंहले पहल थालेपछि उनीहरू जग्गा दान दिएका छन् । सो जग्गामा पार्क निर्माण कार्य अगाडी बढिसकेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

मधेश सरकारको लगानीमा पार्कमा अन्य संरचनासंगै राजा सलहेश र डा. अम्बेडकरको प्रतिमा स्थापित गरिनेछ । भारतका बहुज्ञ, विधिवेत्ता, अर्थशास्त्री, राजनीतिज्ञ एवम् समाजसुधारक डा.आम्बेडकरले दलितमाथि गरिने अन्यायविरुद्ध अभियान चलाएका थिए । डा.आम्बेडकरको विचारधाराबाट नेपालको दलित समुदायमा गहिरो प्रभाव छ ।

राजा सलहेश पनि तराई/मधेशमा रहेका दुसाध (पासवान) जातीका थिए । त्यसैले सलहेश फूलबारी नजिक डा. आम्बेडकर पार्क निर्माण गरिने मधेश सरकारको तयारी छ ।

फूलबारीमा प्रत्येक वर्ष वैशाख १ गते राजा सलहेशकै प्रेमको प्रतीक स्वरूप एउटा रुखमा फूल फुल्छ । सो दिन लाग्ने विशाल मेलामा अधिकतर भारतीय श्रद्धालु सहभागी हुने गर्छन् ।

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहन साहले सलहेश फूलबारी दर्शनका लागि भारत समेतबाट उल्लेख्य संख्यामा पर्यटकको आवागमन हुने स्थल नजिक डा. आम्बेडकर पार्कको निर्माण भएपछि पर्यटकको संख्यामा वृद्धि हुने र त्यसक्षेत्र तथा वरपरको आर्थिक गतिविधि तीव्र हुने विश्वास व्यक्त गरे ।

उनले सलहेश फूलबारीका धार्मिक तथा सांस्कृतिक विधिहरू विशेषतः दनुवार र दुसाध समुदायसँग जोडिएको बताउँदै डा. अम्बेडकर पार्क अन्यका अतिरिक्त दलित समुदायका लागि महत्त्वपूर्ण र छुटाउन नहुने पर्यटकीय गन्तव्य बन्ने निश्चित रहेको उल्लेख गरे ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब