मिलापत्र गर्न आएका साहुलाई ऋणीले गरे कुटपिट

  • असोज १५, २०८१ | ४९८ पटक पढिएको | सीमा संदेश
alt

अदालतबाट दोषी ठहर भईसकेका एक ऋणीले उल्टै साहुलाई बोलाएर कुटपिट गरेको छ । 

सोमबार सिरहा जिल्ला अगाडी परेको बेला ऋण दिएका एक दम्पतिलाई बीच सडकमा दौडाई दौडाई कुटपिट गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय सिरहामा ठाडो निवेदन दिएको छ ।

लेनदेन मुदाका फरार प्रतिवादी पक्राउ पर्दा मिटर व्याज बिरुद्धको संघर्ष समिति नेपाल र मिटर व्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति नेपालका अगुवाहरुको नेतृत्वमा जम्मा भएको एक समूहले सिरहा नगरपालिका वडा नम्बर १९ सन्हैठा बस्ने अन्दाजी वर्ष ६० का बीरेन्द्र यादव र उनको पत्नी मुदाकर्ता मञ्जु देवी यादवलाई सिरहा जिल्ला अदालत अगाडीबाट लखेटेर सिघार्दै घेराहाली निर्घात कुटपिट गरेका छन् । 

कुटपिट गर्नुका साथै फरार प्रतिवादीलाई प्रहरीले पक्राउ किन गरेको भन्दै फरार व्यक्तिलाई छुटाउनका लागि कुटपिट गरेका आरोपितहरु जिल्ला प्रहरी कार्यालय सिरहाको गेट अगाडी रात्रीकालिन धर्नामा बसेको पत्यक्षदर्शीहरुले जनाएका छन् ।

लेनदेन मुदा सिरहा जिल्ला अदालतमा बर्षौ अघि फैसला भई त्यसको कार्यान्वन मात्र भयो । यत्रोवर्षसम्म बीरेन्द्र यादवमाथि मिटर व्याज पिडितले कुनै निकायमा उजुरी वा छलफल तथा समन्वय नगरेका संघर्ष समितिले फरार प्रतिवादी पक्राउ पर्दा पिडित भन्दै यादव दम्पतिलाई बीच सडकमा कुटपिट गरेको हो । 

अदालतबाट दुई बर्षको कैद सजाय पाएका ऋणी भनिएका सोही स्थान बस्ने राम औतार यादव र उनकी श्रीमति उमा देवी यादवले सँघर्ष समितिसँग मिलेर उल्टै साहुलाई कुटपिट गरेको आरोप छ । 

साहु बीरेन्द्र यादवले मूलधन मात्रै दिएर मिलापत्र गरौँ भनेर भनेपछि सँघर्ष समितिको नाममा कुटपिट भएको हो । यादवले गाउँकै मान्छे भएको, गरिबी भएको कारण ब्याज दिन नसक्ने भनेर मूलधन मात्रै २ लाख ५० हजार दिएर मिलापत्र गर्न बोलाएको थियो । तर, उल्टै पीडित भनिनेहरुले यादव दम्पतिलाई लुगा कपडा च्यातेर कुटपिट गरेको हो । 

यता, मिटर ब्याज पीडित संघर्ष समितिले दुवै पक्षलाई मिलापत्रको लागि ताकेदा र मध्यस्तकर्ताको भूमिका निभाउनुपर्नेमा समितिकै सदस्यहरुले मिलेर कुटपिट गरेको आरोप छ । जिल्ला प्रहरीमा ठाडो उजुरी परेको छ । 

यता, यस सन्दर्भमा प्रतिक्रियाको लागि मिटर ब्याज पीडित संघर्ष समितिका सिरहा जिल्ला संयोजक मनोज पासवानसँग फोन सम्पर्क गर्दा फोन उठाएनन् । 

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब