अटोमेटिक पेस्तोल र गोलीसहित एक पक्राउ

  • असोज २६, २०८१ | ३१७ पटक पढिएको | सीमा संदेश
alt

रौतहट । रौतहटमा प्रहरीको गस्ती टोलीले एक थान विदेशी अटोमेटिक पेस्तोल र गोलीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा देवाही गोनाही-६ कर्कच कर्मैया गाउँका ५६ वर्षीय भोला राय यादव रहेका छन्। 

यादवको साथबाट मेड इन् यूएसए अटोमेटिक पेस्तोल एक थान, म्यागजिन १ थान र ९ एमएमको  गोली २ थान र  सटगनको गोलीजस्तै देखिने ४  राउन्ड  बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन्। बरामद हतियार गोली सहित निजलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय गौरमा ल्याई अनुसन्धान भइरहेको प्रवक्ता रायले बताए।

प्रहरीका अनुसार देवाही गोनाही-६ कर्कचमा दुर्गा पूजाको अवसरमा मेला लागेको थियो। मेला सुरक्षार्थ इलाका प्रहरी कार्यालय गोनाहिका प्रमुख इन्स्पेक्टर कमल कुमार लुङ्गेलीको कमान्डमा खटिएको गस्ती टोलीले स्थानीय बिल्टु यादवका छोरा भोला राय यादवलाई शङ्का लागेर चेक जाँच गर्दा निजको साथ बाट उक्त हतियारहरू बरामद भएको थियो। 

सोही गाउँ कर्कच कमैयाका पूर्व गाविस अध्यक्ष ईश्वरी लाल यादवका भतिज राजु यादव भने आरोपी भोलाले पूर्व गाविस अध्यक्ष ईश्वरी लाललाई टार्गेट बनाएको तर उनी फेला नपरेपछि शुक्रबार राति मेलामा आफूलाई प्रहार गरेको गोली नपड्किँदा उनी पक्राउ परेको बताए । ‘गएराति साढे १० बजे अभियुक्त भोलाले मलाई निशाना बनाएर सोही पेस्तोलले गोली प्रहार गरेको थियो । तर दुवै राउन्ड नपड्किएपछि मेलाको सुरक्षामा गएको प्रहरी टोलीलाई घटनाबारे जानकारी गराउँदा प्रहरीले १ किलोमीटर लखेटेर पक्राउ गरेको हो,’ यादवको दाबी छ ।

उनले भोलाले १५ दिन अघि मोटरसाइकल बेचेर उक्त हतियार खरिद गरी ल्याएको पनि दाबी गरे। जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक रायले विशेष सूचनाको आधारमा हतियारसहित उनलाई पक्राउ गरिएको तथा थप विषयमा अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब